डाँडागाउँमा व्यावसायीक कुुखुरा पालन तालिम

प्रतिक्षा बुढाथोकी /डाडाँगाउँ,आइतबार असार १ गते ।
म्याग्दीको मािलका गाउँपालिका– ३ डाँडा गाउँमा व्यावसायीक कुखुरा पालन तालिम समापन भएको छ । संगम म्याग्दीको आयोजना र गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम समापन भएको हो ।


जेठ ३० देखि ३२ गते सम्म तीन दिन संचालन भएको तालिममा पशु सेवा शाखा प्रमुख खगेन्द बिश्वकर्मा,ध्रुब चोखाल, अर्जुन चोखाल र असुन चोखालले प्रशिक्षण दिनुभएको थियो ।


तालिममा २१ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।कार्यक्रममा वडा सदस्य ओम देबी खत्रीले व्यावसायीक उद्यमी स्थापना गर्नका लागि तालिम संचालन गरिएको बताउनुभयो ।


महिला सञ्जालकी अध्यक्ष नबिना घर्तीको अध्यक्षता र प्रशिक्षार्थी शान्ती शेरचनको स्वागतमा कार्यक्रम समापन भएको थियो । साथै कार्यक्रममा २१ जना प्रशिक्षार्थीहरुलाई प्रति व्यक्ती १० का दरले दुई सय १० वटा गिरीराज जातको कुखुराको चल्ला वितरण गरिएको छ ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…