धवलागिरीका आमाहरुलाई कुखुराको चल्ला वितरण

बेनी ,सोमबार जेठ २७ गते । म्याग्दीको दुर्गम धवलागिरीकाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ । आमा र बच्चाको पोषणमा सहयोग पु¥याउने उद्धेश्य सहित सुनौलो हजार दिनका आमाहरु गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोग तथा मिलन म्याग्दी द्धारा सञ्चालित सुआहारा कार्यक्रमको सहजिकरणमा कुुखुराको चल्ला वितरण गरिएको हो ।

गाउँपालिकाको वडा नं २,४ र ५ मा आइतबार र सोमबार गरी दुई दिन सम्म .संचालन भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुन मगर र उपाध्यक्ष रेशम छन्त्यालले हजार दिनका आमाहरुलाई चल्ला वितरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं दुई लुलाङमा ९४ ,वडा नं ४ को खिबाङमा ५७ र वडा नं ५ मल्कबाङमा ७० जना हजार दिनका आमाहरुलाई चल्ला वितरण गरिएको सुआहारा फिल्ड संयोजक रनबहादुर राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रति आमा ४ वटा गिरीराज जातको चल्ला ,आठ केजीका दरले दाना र दाना खुवाउने भाँडा वितरण गरिएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पुन मगरले दुर्गम गाउँमा रहेका गर्भवती आमा र दुई बर्ष मुनिका बच्चा र आमाको पोषणमा सहयोग सहयोग पु¥याउने उद्धेश्य सहित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । हजार दिनका आमा र बच्चाको स्व्यास्थ्यलाई ध्यानमा राखी कार्यक्रम संचालन गरिएको बताउनुहुँदै अध्यक्ष पुन मगरले कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

वडा नं ६ का अध्यक्ष राजाराम उपाध्यको अध्यक्षता ,वडा सचिव वेदनाथ सुवेदीको संचालनमा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा सुआहारा कार्यक्रमका संयोजक चिरन्जीवि दाहाल ,मिलन म्याग्दीकी कार्यकारी निर्देशक दिवा पुन र सुआहारा कार्यक्रम फिल्ड संयोजक रनबहादुर सारु मगरले सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

दुर्गम खाम्लामा सडक पुग्यो

म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…

thumbnail

धवलागिरी गाउँपालिकामा आइतबार बिदा नहुने

बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…