बावियाचौरमा बजार अनुगमन

जगत बानियाँ /बावियाचौर ,सोमबार असार २ गते । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौर बजारमा सोमबार संयुक्त बजार अनुमगन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको नेतृत्वमा प्रहरी, बिषयगत कार्यालय र संस्थाका प्रतिनिधिहरुको समेत सहभागितामा बावियाचौर बजारका विभिन्न ३० वटा पसलहरुको अनुमगन गरिएको थियो । अनुगमनको क्रममा म्याद नाघेका चाउचाउ, मिठाई, बेसार, भुजिया, पेय पदार्थ लगायतका सामाग्रीहरु भेटिएका थिए ।

अनुगमन टोलीले अनुगमनको क्रममा पसल सञ्चालन गरेका व्यक्तिहरुले व्यवसाय दर्ताको अबस्थाको समेत अनुगमन गरेको थियो । पसल दर्ता नगरेका व्यवसायिहरुलाई तत्काल दर्ता गरेर राज्यको सिमा र परिधि भित्र रहेर व्यवसाय गर्न निर्देशन दिईएको छ । अनुगमनको क्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी र गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको समेत विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…

thumbnail

मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…