मालिकामा योजना तर्जुमा सुरु

तुलप्रसाद पुन /ओखरबोट,बुधबार जेठ २९ गते । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना तर्जुमा गोष्ठि भएको छ ।


सो गोष्ठिमा माग भइ आएका योजनाहरुको छलफल गरि प्राथमिकीकरण गरिएको थियो । वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षता, वडा सचिव रमाकान्त घिमीरेको सञ्चालन र वडा सदस्य उद्बिर रसाइलीको स्वागत मन्तब्यमा कार्यक्रम भएको थियो ।

गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु र कार्यपालिका सदस्य गौमती चपाइले धेरैलाई समेट्ने, जनसहभागिता जुटाउन सकिने र उपलब्धि देखिने योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । चालू आर्थिक वर्षका योजनाहरु समेत छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो ।


यसैगरी वडा न. ६ को दुखुबेशीमा पनि योजनाको माग संकलनका लागि टोल भेला भएको छ । वडा अध्यक्ष सन्तोष सुवेदीको उपस्थितीमा भएको भेलाका सहभागिहरुले भाले बास्ने ताललाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने योजना बनाउन सुझाव दिएका थिए । अन्य वडाका बस्तीहरुमा पनि योजना तथा कार्यक्रम छनौटको काम भइरहेको छ ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…

thumbnail

एक लाख ८६ हजार रुपैयाँ बढीको फर्निचर सामग्री सहयोग

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…