बेनी ,शनिबार १८ गते। यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्नेछ ।
उक्त कार्यक्रममा पर्वत, म्याग्दी, बागलुङ, नवलपुर, स्याङ्जा, कैलाली, बैतडी, काठमाडौं, रौतहट, कास्की लगायत विभिन्न जिल्लाहरुका युवा गजलकारहरुको विशेष प्रस्तुती रहने छ भने युवा गजलकारहरुलाई स्थानीय बाद्यबादकहरुले समेत साथ दिने आयोजकले जनाएको छ ।
शिखर होटलमा दिनको दुई बजेबाट शुरु हुने उक्त कार्यक्रमको आयोजक म्याग्दी साहित्य सञ्चार रहेको छ । पछिल्लो समय म्याग्दी जिल्लामा क्रियाशील रहेको उक्त साहित्यिक संस्थाले ‘त्रितालमा गजल’ ‘बुलबुलको आँगनमा स्रष्टा’ ‘गजल साँझ’ जस्ता फरक÷फरक कार्यक्रहरु गर्दै साहित्यिक स्रोताहरुलाई फरक साहित्यिक खुराकहरु पस्किरहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले बताए ।
साहित्यिक विधालाई अनुत्पादक तर वौद्धिक क्षेत्र भनेर चिनिने गरिन्छ । त्यतिमात्र होइन नेपाली साहित्यलाई राज्य पक्षले जुन रुपमा हेर्नुपर्ने थियो त्यस्तो नजरले अहिलेपनि हेर्न नसकेको अवस्था छ ।
नेपाल सरकारले साहित्यिक क्षेत्रलाई हेर्नको लागि भनेर नेपाल प्रज्ञा प्रतिष्ठान नामक संस्था त खोलेको छ तर त्यसको लाभ सत्ताका आसेपासे र पहुचवाला केही सिमित ब्यक्तिहरुको पेवा जस्तै बनेको छ । राज्य तथा शासन गर्ने प्रतिनिधिहरु साहित्यप्रति अनुदार देखिएपनि केही स्वयम् लेखकहरुले साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिएर साहित्यलाई जल दिने काम गरेका छन् ।
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं जिल्ला…
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…