म्याग्दी ,विहिबार असार ५ गते । दुर्गम गाउँमा अवस्थित विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ । महिनावारी हुँदा छात्राहरुको विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड उपलब्ध गराएको हो ।
गाउँपालिकाको मुना, ताकम, मुदी,मराङ र मल्कवाङ वडा स्थितका विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या हटाउन सेनेटरी प्याड वितरण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
‘महिनावारीको समयमा छात्राहरु विद्यालय अनुपस्थित हुने समस्याले उनिहरुको पढाईमा ठुलो असर पर्ने गरेको छ,अध्यक्ष पुनले भन्नुभयो ।’ ‘महिनावारी भएकै कारण स्कुल नआउने समस्याको न्युनिकरण गर्ने उद्धेश्यले छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरिएको हो ।’
आधाभुत कक्षा आठ देखी कक्षा दश सम्मका ६ सय १४ जना किशोरीहरु मध्ये ५ सय १४ जनालाई सेनेटरी प्याड उपलब्ध गराइएको अध्यक्ष पुनले जानकारी दिनुभयो । बाँकी छात्राहरुलाई छिट्टै सेनेटरी प्याड उपलब्ध गराइने अध्यक्ष पुनको भनाई छ ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…