३६ जनाले लिए ३.६५ जिपिए ,वडा अध्यक्ष गर्बुजाकाेे २ जिपिए
शुक्रवार, असार १३ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी , शुक्रबार असार १३ गते । विक्रम संवत २०७५ सालको माध्यामिक शिक्षा परिक्षा ‐एसईईमा म्याग्दीबाट सहभागि २ हजार २ सय २९ जना मध्ये ३६ जनाले ३.६५ देखी ४ जिपिए प्राप्त गरेका छन् । म्याग्दीका ९ वटै परीक्षा केन्द्रमा १० वटा नीजिसहित ७१ वटा विद्यालयका १ हजार १सय ७ जना छात्रा र १ हजार १सय३१ जना छात्र गरी दुई हजार २ सय २९ जना एसईईमा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगरले जानकारी दिनुभयो ।
परिक्षा दिएपछि प्रवेश पत्र देखाउँदै वडा अध्यक्ष खम बहादुर गर्बुजा मगर : फाइल तस्बीर
प्रमुख थापा मगरको अनुसार सभागी मध्ये ३६ जनाले ३.६५ जिपिए प्राप्त गरेका छन् भने ,१ सय ७५ जनाले ३.२५ देखी ३.६ जिपिए ,३ सय ५३ जनाले ३.२ देखी २.८५ जिपिए ,६ सय ६५ जनाले २.४५ देखी २.८ जिपिए ,६ सय ६० जनाले २.४ देखी २.०५ जिपिए ,३ सय १९ जनाले २.० देखी १.६५ जिपिए ,२२ जनाले १.२५ देखी १.६ जिपिए र १ जनाले ०.१८ देखी १.२ जिपिए प्राप्त गरेका छन् ।
सोही परिक्षामा खुल्ला तर्फको परिक्षा फारम भरि सहभागि हुनुभएका वडा अध्यक्ष गर्बुजाले २ जिपिए ल्याउनुभएको छ ् । जिल्लाको अन्नपुर्ण गाउँपालिका ८ का अध्यक्ष खम बहादुर गर्बुजाले बिहिबार सार्वजनिक भएको नतिजामा २ जिपिए प्राप्त गरि उत्तिर्ण हुन सफल हुनुभएको हो ।
सहभागी म्याग्दीका वडा अध्यक्ष गर्बुजा सहित तीनै जना जनप्रतिनिधिले ‘सी’ ग्रेडमा उत्तीर्णा गर्नुभएको छ । दैनिक चुल्होदेखि जनताको काम, सामाजिक कार्यमा ब्यस्त हुने अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चे नाँगीका वडा अध्यक्ष खम बहादुर गर्बुजा, वडा सदस्य गेममायाँ पुन र वडा सदस्य बेगबहादुर पुनले उत्तिर्ण गर्नु सफल हुनुभएको हो ।
बिहिबार सार्वजनिक भएको नतिजामा वडा अध्यक्ष गर्बुजाले २ जीपीए, वडा सदस्य बेगकुमारीले १ दशमलब ९ जीपीए र गेममायाँले १दशमलब ८ जीपीए ल्याएर ‘सी’ ग्रेडमा उत्र्तिण भएपछि थप शैक्षिक यात्राका लागी सहज भएको उहाँहरुको भनाई छ ।
सामान्य लेखपढ भन्दै गाउँसमाजमा परिचय दिने गरेको अवस्थामा अव एसईई उत्र्तिण गरेको भन्न पाउने बताउँदै तयारीमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
विक्रम संवत २०४४ सालको एसएलसीमा अनुत्तिर्ण भए पछि अध्यक्ष विदेश गएका थिए । ५० बर्षको उमेरमा योग्यता बढाउन पाएकोमा अध्यक्ष गर्बुजाले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष गर्बुजा संगै गाउँकी अगुवा गेममायाँ र अन्य जनप्रतिनिधिले बेनी सामुदायिक माविको केन्द्रबाट एसईई दिनुभएको थियो ।
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं जिल्ला…
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…