गणक र सुपरीवेक्षकलाई गरिब घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी तालिम
बुधवार, साउन १ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी,बुधबार साउन ०१ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा स्थानीय तहका गणक र सुपरिवेक्षकका लागि गरिव घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।सदरमुकाम बेनीमा बुधबारदेखी ६ वटै स्थानीय तहका गणक र सुपरिवेक्षकलाई सो तालिमको आयोजना गरिएको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नेपाल सरकारको नितिलाइ प्रभावकारी रुपमा सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रजिअ अधिकारीले गरिव घर परिवार पहिचान तथा परिचयपत्र वितरण कोही पनि छुट्न नहुने बताए ।
जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । तालिममा ६ वटै स्थानीय तहका ३३ जना गणक र सुपरिवेक्षकहरु सहभागि भएका छन् । पाँच दिन सम्म संचालन हुने तालिममा गरिब घर परिवार पहिचान तथा परिचयपत्र निर्देशिका २०७५ मापदण्ड अनुुसार मुल्याङकन,आधार र विधिका बारेमा प्रशिक्षण गराइने जिल्ला समन्वय अधिकारी ज्ञानराज कोईरालाले जानकारी दिनुभयो ।
म्याग्दी सहित १२ जिल्लामा सुरु भएको गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण सम्बन्धी कार्यक्रम पाँच महिना सम्म संचालन हुनेछ ।कार्यक्रममा गरिब संग विशेश्वर कार्यक्रमका जिल्ला संयोजक राजकुमार थापाले कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्र्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख केसीको अध्यक्षता ,जिसस अधिकारी कोईरालाको स्वागत तथा जिसस कार्यालय अधिकृत अर्जुन शर्माको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।
कार्यक्रममा प्रक्षिक गोरख बहादुर जिसी,राजकुमार थापा ,सुवास थापा क्षेत्री,चित्र नाथ शर्मा लगायत ६ जनाले प्रशिक्षण दिनुहुने जनाइएको छ । प्रशिक्षार्थीहरुलाई गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी विधिका बारेमा जानकारी गराइने जनाइएको छ ।
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं जिल्ला…
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारले विशेषाधिकार प्रयोग गरेर आईजीपी नियुक्ति गरेको बताउनुभएको छ । उहाँले सबै एआईजीहरु आईजीपी बन्न योग्य भएपनि सरकारले प्रहरी नियमावलीमा भएको ६ आधार र विशेषाधिकार प्रयोग गरेर…
काठमाडौँ । सर्वोच्च अदालतले आगामी प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर…
काठमाडौं । सरकारले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी तयारी गरेको छ । सोमबार नवनियुक्त मन्त्री भवानी खापुङले यससम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता…
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाललाई कुनैपनि सामरिक वा रणनीतिक गठबन्धनमा प्रवेश नगराउने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा परराष्ट्र मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिँदै…