काठमाण्डौं ,शनिबार असार २८ गते ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि पहिलो अन्तर्राष्ट्रिय टी(२० खेलमा नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८।३ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो।
नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी(२० खेलमा पारसको यो दोस्रो अर्धशतक तथा व्यक्तिगत उच्च स्कोर हो। साथै टी(२० मा नेपाली ब्याट्सम्यानले प्रहार गरेको यो व्यक्तिगत उच्च स्कोर समेत हो।
उत्कृष्ट लयमा देखिएका पारसले ५० बलमा ८ चौका र ५ छक्का हिर्काए। पारस खेलको म्यान अफ दि म्याच भए। शरद भेषवाकारले नटआउट १६ रन जोडे। उनले २० बलमा १ चौका हिर्काए।
त्यसअघि पारससँग ओपनिङमा आएका प्रदीप ऐरीले ८ रन मात्र जोड्न सके। ज्ञानेन्द्र मल्ल २० रनमा ७ रन जोडेर आउट भए। रोहितकुमार पौडेलले ५ रन मात्र जोड्न सके।
बलिङमा मलेसियाका अनवार रहामानले २ विकेट लिए। क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन जोडेको थियो।
मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ५७ रनको योगदान दिए। उनले ४९ बलमा ७ चौका र १ छक्का हर्काए। कप्तान अहमेद फायजले ४५ रन जोडे। उनले ३९ बलमा २ छक्का प्रहार गरे।
अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरे। फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी ० मा पेभिलियन फर्के।
बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए।सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २(२ विकेट लिए। सोमपाल कामीको नाममा १ विकेट रह्यो।
दोस्रो टी(२० खेल आइतबार किनरारा ओभलमै हुनेछ। नेपालले आगामी साउन ६ गतेदेखि सिंगापुरमा हुने आइसिसी टी(२० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि मलेसियासँग सिरिज खेलेको हो। सेतोपाटी
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…
काठमाडौँ । राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार भएको छ । घुम्नका लागि पुगेका विदेशी नागरिकहरु बाटो भुलेर जंगलमा फसेका थिए । थानकोटबाट करिब ७ किलोमिटर माथि जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको…
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…