बेनपाको नीति तथा कार्यक्रम पारित, ५२ करोड बढी बजेट सार्वजनिक
शनिवार, असार २१ गते
। म्याग्दी न्युज संवाददाता
बेनी,शनिबार असार २१ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६ ÷०७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार सम्पन्न पाँचौ नगरसभामा मेयर हरिकुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाबाट बहुमतले पारित गरेको छ ।
संघिय सरकारको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा सँग तादाम्यता मिलाई नगरको आर्थिक समृद्धिका क्षेत्रको विकासका लागि प्राथमिकता दिने,नगरपालिकाको केन्द्र देखि वडा कार्यालय सम्मको सडकलाई स्तरोन्नती गर्न प्राथमिकतामा राखिने,नगरभित्रका धार्मिक एवम् पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने नीति नगरपालिकाले लिएको छ ।
यसै गरी कृषि तथा पशुपालन क्षेत्रको व्यवसायिकरण गर्ने,नदी,खोला,ताल तथा जलाधार संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने नीति लिएको छ । नगरपालिकाले आन्तरिक स्रोतको पहिचान गरी उचित व्यवस्थापन गरी आन्तरिक स्रोत बढाउने,सम्पत्ति करलाई राजश्वको मुल आधारको रुपमा विकास गर्ने,कर बक्यौतालाई असुल गर्न तिव्रता दिने,घरवहाल करलाई व्यवस्थित गर्ने,कृषि तथा पशुजन्य उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्ने,एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाले नीतिमा समेटेको छ ।
नगरसभामा मेयर श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक,वातावरण र विपद् व्यवस्थापन,पूर्वाधार विकास,सुशसान तथा सेवा प्रवाह र अनुगमन तथा मूल्याङकनलाई प्राथमिकतामा राखिएको छ ।
मेयर श्रेष्ठले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाका सदस्यहरुले छलफल गरी सर्वसम्मत रुपमा पारित गरेका छन् । नगरपालिकालाई समृद्ध बनाउन नीति तथा कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सवै पक्षको सहयोग र साथ आवश्यक पर्ने मेयर श्रेष्ठले बताउनुभयो ।नगरसभाका सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुहुँदै मेयर श्रेष्ठले कतिपय छुटेका विषयहरुलाई नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो ।
नीति तथा कार्यक्रम पारित भएसँगै नगर उपप्रमुख सञ्जु बरुवालले आगामी आर्थिक वर्षका लागि ५२ करोड ९५ लाख ९८ हजार रुपियाँ बरावरको बजेट नगरसभामा प्रस्तुत गर्नुभएको छ । आन्तरिक आय ३ करोड ३० लाख,वित्तिय समानीकरण १३ करोड ३६ लाख,९५ हजार,सशर्त अनुदान २४ करोड९९ लाख,राजश्व बाँडफाँड ९ करोड १७ लाख ३ हजार,सडक बोर्ड नेपालबाट ४० लाख,आवको अल्या २ करोड गरी ५२ करोड ९५ लाख,९८ हजार बजेट प्रस्ताव गरिएको छ । आगमी असार २५ गते वस्ने नगरसभाबाट बजेटलाई पारित गरिने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…
कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…