मनाङमै भेटियो तिलिचोभन्दा पनि अग्लो अर्को ताल

मनाङ,शुक्रबार साउन १० गते । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो ।

उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश ९लमजुङ हिमाल० बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो ।
घलेले गाउँका बुढापाकासँग सोधे ।

गोठालाहरुले ताल छ भनेपनि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो ।

उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० बाट उचाइ नापे ।

५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल ९४९१९ मिटर० भन्दा अग्लो स्थानमा रहेको छ । यो समाचार कान्तिपुर दैनिकमा आश गुरुङले लेखेका छन् ।

सम्बन्धित समाचार

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…