मुटु रोगी सार्कीलाई बेल्जीयमबाट ४२ हजार सहयोग

अनिल पौडेल/म्याग्दी,बुधबार साउन १५ गते । रघुगंगा गाउँपालिका वडा नम्वर ३ कलेजाबाङ्ग मुटु रोगी धन बहादुर सार्कीलाई बेल्जियमबाट ४२ हजार सहयोग मिलेको छ । लिला मल्ल भण्डारीको नेत्तृत्वको समुहले संकलन गरेको उक्र रकम लिला भण्डारीलै हस्तान्तरण गर्नुभएको हो ।


बैशाख १३ गतेका दिन एकासी ह्दयघात भएका सार्कीको मुटुको दुईवटा भल्व फुटेर रगत जमेको र उपचारको मणिपाल शिक्षण अस्पताल पोखरामा १८ दिन आईसियुमा राखि उपचार संगै एउटा भल्वको अप्रेशन गरि पाईप फेरीएको र अर्को अप्रेशनको पनि सकिएको छ ।

उक्त अपरेसन बापतकाने रकम अपुग भएपछि बेल्जिएममा रहेकी लिला मल्ल भण्डारीको नेत्तृत्वमा सहयोग रकम उठाइ स्वयम लिलाले नै रकम हस्तान्तरण गर्नुभएको हो । अहिले सम्म उपचारमा अस्पतालले एकलाख रुपैया छुट गरि करिव १० लाख रुपैया खर्च भएको उनकी श्रीमती जुना सार्कि बताउछिन ।

बैदेशिक रोजगारमा अमेरिकामा गएका सोचिन्द्र भण्डारीको संयोजक समूहले ७३ हजार ,भिमसेन सार्कि नेत्तृत्वको समुहले १२ हजार पाँच सय ,बिष्णु भण्डारीबाट ७ हजार ,इश्वर भण्डारीबाट १५ हजार ,रोजी भण्डारी नेत्तृत्व समुहको ४२ र अहिले लिला मल्ल भण्डारीको ४२ हजार सहयोग उठाई अप्रेशन गरिएको बद्रश फूड स्टेशनका संचालक इश्वर भण्डारीले जानकारी दिए ।

सार्कीको आर्थिक अवस्था कमजोर भएको र उपचारमा ठुलो रकम लागेको कारणले सबैले सहयोग गरिदिनुहुन परिवारले अपिल गरेको छन

सम्बन्धित समाचार

thumbnail

रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…

thumbnail

रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगायो

म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…