म्याग्दी नदिले बगाउँदा दुई बालक बेपत्ता

बेनी,बुधबार असार १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ दुधेखोलाका दुई बालक नदिमा पौडी खेल्ने क्रममा मंगलबार साँझदेखी बेपत्ता भएका छन् । मंगलबार साँझ ५ बजेतिर म्याग्दी नदिमा पौडी खेल्न गएका दुई बालक नदिमा बेपत्ता भएका हुन्.।

फाइल तस्वीर

बेपत्ता ह्नेमा बागलुङ जिल्ला काठेखोला गाउँपालिका ८ लेखानी घर भई हाल बेनी नगरपालिका २ दुधेखोला डेरामा बस्दै आएका ८ बर्षिय डेवित काउचा र बेनी नगरपालिका– ३ हलेगौडाका ८ बर्षिय प्रदिप रोका रहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो।

म्याग्दी नदिमा पौडी खेलेर किनाराको बालुवामा भाँडाकुती खेल्ने क्रममा नदिमा हराएको जानकारी दिइएपछि मात्र बेपत्ता भएको घटना बाहिर आएको हो साँझ देखी खोजी गरेपनि फेला नपरेकाले प्रहरीले आज बिहानदेखि नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार

thumbnail

पहिरोमा परी ३ जनाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको…

thumbnail

च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…