बेनी ,शनिबार साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल समितिका अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो ।
खयर लेक स्थित स्थानीय किसानले संचालन गरेको भेडी गोठमा रहेका भेडा । तस्विर सौजन्य : राजेश तिलिजा
वडा सदस्य समेत रहनुभएका तिलिजाका अनुसार गयराती परेको चट्याङका कारण आफ्नो २६ वटा र स्थानीय भेडा पालक मिन बहादुर गुरुङ, दिल प्रसाद शेरपुञ्जा, लालबिर तिलिजा, तिकजित तिलिजा, याम बहादुर पाइजा , र कमल तिलिजाको ३५ वटा गरी ६१ वटा भेडा ,बाख्रा र भेडाको सार मरेका छन् ।
खयर लेक स्थित स्थानीय किसानले संचालन गरेको भेडी गोठमा रहेका भेडा । तस्विर सौजन्य : राजेश तिलिजा
६१ वटा भेडा ,बाख्रा मर्दा ८ लाख ७ हजार एक सय रुपैयाँ बढीको क्षती भएको तिलिजाले जानकारी दिएको छ। भेडा मर्दा किसान चिन्तित बनेका छन् । सम्बन्धित निकायबाट केही सहयोग पाउने आशामा किसानहरु रहेका छन् ।
तिलिजाका अनुसार किसानले व्यक्तीगत लगानीमा भेडा बाख्रा पालन गरेका हुन् । सबै किसानको गरी खयरलेकमा रहेको गोठमा १ हजार बढी भेडा बाख्रा रहेका छन् ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…