आफुलाई पुरस्कार नदिन महावीरको आग्रह

काठमाण्डौ ,आइतबार भदौ १ गते । विज्ञान तथा प्रविधि एवं सामाजिक अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनुभएका पुनले चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गर्नुभएको हो ।

फाइल तस्विर

‘मैले यस्ता थुप्रै पुरस्कार पाइसकेँ, अब मलाई पुरस्कार र सम्मानको भारी नदिनुहोला, पुरस्कारले थिच्यो भने कुद्न सकिन्न’, उहाँले भन्नुभयो,‘अब मलाई पुरस्कारको लागि नोमिनेशन गर्ने, र आमन्त्रण गर्ने नगर्नुहोला ।’ म्याग्दीमा जन्मनुभएका पुन एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता समेत हुनुहुन्छ ।

सम्बन्धित समाचार

thumbnail

नास्टले बनायो एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

काठमाडौँ । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको…

thumbnail

कक्षा १२ का विद्यार्थीले बनाए विद्युतीय मोटरसाइकल

बुटवल । बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता माविका सागर पोखरेलले विद्युतीय मोटरसाइकल बनाएका छन् । ब्याक गियरसहितको मोटरसाइकलको नाम इलेक्ट्रो एमएएसबी राखेका छन् । कक्षा १२ मा अध्ययनरत सागर सिभिल इन्जिनियरका विद्यार्थी हुन् । कक्षा…

thumbnail

जापानमा बन्यो उड्ने बाइक

एजेन्सी । जापानको एउटा कम्पनीले उड्ने बाइक बनाएको छ। समाचार संस्था रोयटर्सका अनुसार फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ। उक्त बाइकको मूल्य…