त्रिसुली नदीमा बस खस्दा ३ जनाको ज्यान गयो ,१४ को उद्दार
शुक्रवार, साउन २४ गते
। म्याग्दी न्युज संवाददाता
काठमाडौं ,शुक्रबार साउन २४ गते । सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस आज विहान त्रिशुली नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिए। उनका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।
बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताए। बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन। ना ६ ख ७४६९ नम्बरको बस धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ सोलाङघाटमा विहान सवा ३ बजे त्रिशुली नदीमा खसेको हो। अहिलेपनि उद्दार कार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। थाहा खबर
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…

दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट…