बालकुमार फगामी देविस्थान ,विहिबार भदौ ५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । वडा कार्यालयको आयोजनामा बुधबार आर्थिक बर्ष २०७५÷०७६ वडामा सम्पन्न योजनाहरु माथि समिक्षा गरिएको हो । कार्यक्रममा वडाबाट विनियोजन भएका योजनाहरुमा बजेट खर्च र गाउँपालिकाद्धारा विनियोजित योजनाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा वडामा संचालित योजनाहरुमा विनियोजित बजेटका बारेमा उपभोक्ता समितिका अध्यक्षहरुले जानकारी गराएका थिए । गत आर्थिक बर्ष देविस्थानमा वडाबाट ३० वटा योजनाहरु विनियोजन भएको र ति सबै योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष पिपला बुढाले जानकाकारी दिनुभयो । साथै उहाँले वडामा संचालित योजनाहरु पारदर्शि रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।
केही दिन अघि मात्र स्थानीय एक युवाले वडामा भ्रष्टाचार भयो भन्ने अभिव्यक्ती सामाजिक सञ्जाल फेसबुकमा राखेपछि वडा अध्यक्ष प्रति लक्षित आएका विभिन्न किसीमका अनावश्यक तिकाटिप्पनी र गालिगलौज प्रति वडाबासीहरुले आपत्ती जनाएका थिए ।
वडाबासीको आपत्ती पछि ती युवाले आफुले नभई सुनेको भरमा सो कुरा सामाजिक सञ्जालमा राखेको बताउँनुहुदै बाहिर भनिए जस्तो वडा भित्र त्यस्तो नभएको र बाहिर हल्ला मात्र फिजाइएको रहेछ ति युवाले भन्नुभयो ।
कार्यंक्रममा वडा अध्यक्ष बुढाले वडामा भ्रष्टाचार भएको भन्ने आरोप निराधार र हल्ला मात्र भएको बताउनुहुँदै सामाजिक सञ्जालमा आफु लक्षित आएका अनावश्यक तिकाटिप्पनी र गालिगलौजप्रति आपत्ती जनाउँदै वडामा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरुमा अनियमितता नभएको बताउनुहुँदै बाहिर हल्ला मात्र फिजाइएको बताउनुभयो ।
साथै उहाँले सामाजिक संजालमा आएको अभिव्यक्तीले गम्भिर ध्यानाकर्षण भएको बताउँनुहुँदै हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो । वडामा योजनाहरु विनियोजन गर्दा कुनै पनि राजनितिक पुर्वाग्रह र नाताबादलाई नहेरी वडाबासीको माग र आवश्यकताका आधारमा योजना छनौट गरिएको बताउनुभयो ।
वडा अध्यक्ष बुढाको अध्यक्षता ,वडा सदस्य राजमति बुढा पुनको स्वागत र वडा सचिव सोमनाथ केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । साथै सोही कार्यक्रममा वडा अध्यक्ष बुढाले चालु आर्थिक बर्षमा वडाको सिफारिसमा गाउँपालिबाट करिब एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । योजनाहरुलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद…
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोट स्थित दुध पराई (मुखिया)पुन सेवा समाजलाई अमेरीकाबाट एक लाख ८६ हजार ७६७ रुपैयाँ सहयोग प्राप्त भएको छ । अमेरीकामा रहनुभएका मिलन पुन ,प्रेम पुन ,उत्तम पुन र…
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुबीच पहिलो गाउँसभामै बिवाद भएको छ । दरवाङ स्थित छ्यारछ्यारेमा बुधबार आयोजित विशेष गाउँसभा एमाले र अन्य दलबाट निर्वाचित जनप्रतिनिधीहरुको बिवादका कारण स्थगित भएको छ ।…
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ। आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष…
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा आयोजना गरिने विज्ञान तथा प्रविधि सम्मेलनले राष्ट्र विकासमा रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विज्ञान र प्रविधिको विकास र विस्तारसम्बन्धी यस्ता गतिविधिले देशको…