प्रताप बानियाँ म्याग्दी, शनिबार भदौ ७ । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडले जीवन बीमाका लागि नयाँ तथा आकर्षक योजनाहरु ल्याउने तयारी गरेको छ । ३३औं शाखाका रुपमा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित शिक्षामार्गमा शाखा कार्यालय रहेको महालक्ष्मीले शुक्रबार अभिकर्ता भेटघाट कार्यक्रमको आयोजना गरी आगामी योजनाका बारेमा जानकारी गराएको हो ।
महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका धौलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले सुरक्षा जीवन योजना, महालक्ष्मी वार्षिक धन फिर्ता बीमा र महालक्ष्मी सावधिक आजीवन बीमा योजना आउने तयारीमा रहेको बताइन् । उनले महालक्ष्मी लाइफ ईन्स्योरेन्समा अन्य बीमा कम्पनीहरुको तुलनामा आकर्षक तथा धेरै सेवासुविधाहरु रहेको भन्दै लगानी फिर्ता तथा दोब्बर भुक्तानी योजना समेत रहेको बताएकी छिन् ।
बीमाका अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर बन्न सुझाव दिँदै क्षेत्रीय प्रमुख आचार्यले टिम विस्तारका साथै ईन्स्योरेन्सका आकर्षक योजनाहरुबारे गाउँगाउँसम्म पु¥याउनुपर्नेमा जोड दिइन् । २०७५ साल माघ २७ बाट काराेबार सुरु गरेकाे महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंमा रहेको छ भने देशैभर ५० भन्दाबढी शाखाहरु सञ्चालनमा आइसकेका छन् । शाखाहरु स्थापनाको ५ महिनाको अवधिमा मात्रै २५ करोड प्रथम बीमा शुल्क सङ्कलन गर्न महालक्ष्मी लाइफ ईन्स्योरेन्स सफल भएको दावी गरेको छ ।
बेनीमा स्थापना भएको पहिलो महिनामै आफ्नो टार्गेट पुरा गरेको महालक्ष्मीले साउन महिनामा गण्डकी प्रदेशमा म्याग्दी शाखा पहिलो हुन सफल भएको शाखा प्रमुख रबिन जिसीले बताए । देशभरीको कुल जनसङ्ख्याको करिब २० प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेकोमा पछिल्लो समय भने बीमाप्रति आम मानिसहरुको आकर्षण बढ्दै गैरहेको छ ।
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…
काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…
एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…