बेनीमा अन्तरमावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु
बिहिवार, भदौ १२ गते
। म्याग्दी न्युज संवाददाता
बेनी,विहिबार भदौ १२ गते । बेनीमा अन्तर मावि स्तरिय खुल्ला छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यु दोभान युथ क्लबका अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा क्लबको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा सो प्रतियोगिता सुरु भएको हो । बेनीको खुल्ला मञ्चमा सुरु भएको प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । मेयर श्रेठले विद्यालय स्तरमा विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रष्फुटन गर्नुका साथै छात्राहरुलाई फुटबल खेलमा आकसर्षित प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा उपमेयर सन्जु बरुवाल,खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विक लगायतले प्रतियोगिताले छात्राहरुलाई फुटबल खेल खेल्न प्रेरित गर्ने बताउनुभयो । बागलुङबाट एक ,पर्वतबाट एक र म्याग्दीबाट ११ गरी १३ विद्यालयले सहभागिाता जनाएको क्लबका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले जानकारी दिनुभयो ।
१४ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम विद्यालयले ३० हजार र द्धितिय हुने विद्यालयले २० हजार रुपैयाँ हात पार्ने क्लबका कार्यवाहक अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँ अनुसार उत्कृष्ट गोल रक्षक , उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता गरी तीन विद्यामा पुरस्कृत गरिनेछ ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…