बैठककाे माइन्यूटिङ वा निर्णय पुस्तिका कसरी लेख्ने ?

भागिरथ पोखरेल /काठमाण्डौं ,शुक्रबार साउन १७ गते ।

माइन्यूटिङ वा निर्णय पुस्तिका लेखन

कुनै पनि संघसंस्था वा कार्यालयले बैठक बसी निर्णय गर्दा लेखिने दस्तावेजलाई माइन्यूटिङ् वा निर्णय पुस्तिका लेखन भनिन्छ । निर्णय पुस्तिका लेखन विशेष गरी बैठक बसी गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न तथा निर्णय अभिलेखीकरण गर्ने उद्देश्यले लेख्ने गरिन्छ ।

कार्यालय वा संघसंस्थाका सचिवले निर्णय लेख्ने गर्छन् । निर्णय पुस्तिकामा उपस्थित सबै सदस्यहरुको दस्तखत हुने हुँदा यसले प्रमाणको रुपमा पनि काम गरेको हुन्छ । बैठकमा भएको निर्णयमा कसैको चित्त नबुझेमा (असहमति) पनि लेख्न पाउँछ ।
निर्णय पुस्तिका लेख्दा ध्यान दिनुपर्ने कुराहरु
१) बैठक, मिति र स्थान, समितिको नाम, अध्यक्षता, उपस्थित सदस्य पदाधिकारीको हस्ताक्षर अनुपस्थित सदस्य पदाधिकारीको नाम, प्रस्ताव तथा निर्णय उल्लेख गर्ने । (छलफलका विषयलाई प्रस्ताव भनिन्छ)
२) प्रस्ताव, छलफल र निर्णयलाई क्रमबद्ध रुपमा उल्लेख गर्ने
३) निर्णय पस्तिकामा औपचारिक भाषाको प्रयोग गर्ने
४) निर्णयलाई प्रचलित संविधान र कानूनसम्मत बनाउने
५) निर्णय लेख्दा बीचबीचमा खाली ठाउँ छोड्नु हुँदैन । खाली ठाउँ छोडेमा कसैले त्यसमा नयाँ निर्णय लेखेर संस्थाको बदनाम पनि गर्न सक्छ ।
६) निर्णय लेख्दा अनावश्यक केरमेट गर्नुहुँदैन । यदि केरमेट गर्नैपरे एकपटक मात्र तेर्सो धर्कोले काटेर त्यसको दायाँ बायाँ अध्यक्षले हस्ताक्षर गर्नुपर्छ । निर्णय पुस्तिकामा टिपेक्स लगाएर मेट्ने वा गल्ती सच्याउने काम कदापि गर्नुहुँदैन ।

सामान्यतः माइन्यूट २ किसिमबाट लेख्न सकिन्छ
क) परम्परागत शैली
ख) आधुनिक शैली

क) परम्परागत शैली
निर्णयपुस्तिका लेखनको परम्परागत शैली
यो ज्यादै प्रचलित निर्णय लेखन हो । यसमा बैठकको मिति, स्थान, अध्यक्षता तथा छलफलका विषयहरु एवम् भएका निर्णयहरु बुँदागत रुपमा स्पष्टसँग उल्लेख गरिन्छ ।
यसको नमुना निम्न छन्

१) निर्णय लेखनको नमुना !

बैठक सङ्ख्या ः पाँच
आज मिति वि।सं। २०७६ आषाढ २७ गते सुक्रबार दिउसो ३ बजे यस ……….। को कार्यसमितिको बैठक समितिका अध्यक्ष श्री……..।।को अध्यक्षतामा बसियो । ए वान मिडिया बागबजार मा बसिएको उक्त बैठकमा निम्नानुसारको उपस्थितिमा तलका विषयहरुमाथि छलफल गरी निर्णयसमेत गरियो ।
उपस्थिति
नाम हस्ताक्षर
१) अध्यक्ष : श्री ………।
२) उपाध्यक्ष : श्री ………….
३) सचिव : श्री ……………….
४)सह–सचिव : श्री………..
५) कोषध्यक्ष ; श्री………
६) सदस्य : श्री ………..
७) सदस्य ; श्री …………
८) सदस्य ; श्री …………..
९)सदस्य : श्री …….
१०) सदस्य : श्री ……..
११) सदस्य ; श्री ………
१२) आमन्त्रित ; श्री ………….
१३)आमन्त्रित : श्री …………………….
छलफलका विषयहरु
क) उद्घोषणको सदुपयोग सम्बन्धमा
ख)……….
ग) विविध
निर्णयहरु
क० प्रस्ताव नं।क का सम्बन्धमा छलफल गर्दा आगामी साउन १७ गतेको बार्षिक उत्सब को अवसरमा विविध साहित्यिक कार्यक्रम गरी मनाउने निर्णय गरियो । जसको लागि निम्नानुसारको जिम्मेवारी समेत बाँडफाँट गरियो
कार्यक्रम सञ्चालन ………
स्वागत ……………………..
ख)
…….।
ग० आजको बैठकमा छलफल गरी निर्णय गर्नुपर्ने कुनै प्रस्तावहरु बाँकी नरहँदा बैठकमा उपस्थित सबैलाई अध्यक्षबाट धन्यवाद दिई अर्को बैठक यही मिति ……। गते…….। स्थानमा बस्ने गरी अध्यक्षको निर्देशनअनुसार आजको बैठक विसर्जन गरियो ।
निर्णयमा हस्ताक्षर
…….. ।

२) निर्णयलेखनको नमुना २
बैठक सङ्ख्या ः पाँच
यस ………..।को कार्यसमितिको बैठक समितिका अध्यक्ष श्री…………।को अध्यक्षतामा निम्न मिति, समय र स्थानमा बसियो ।
स्थानस् ए वान मिडियाको कार्यालय
मिति ः वि।सं। २०७६ आषाढ २७ गते सुक्रबार
समयस् दिउसो ३ स्०० बजे
उपस्थिति
नाम पद हस्ताक्षर
१) श्री ……………….अध्यक्ष …।
२) श्री …..। उपाध्यक्ष …..।
३) श्री ……….। सचिव ……………..।
४) श्री …………….। सह–सचिव …………….।
५)श्री……………। कोषाध्यक्ष ………
६) श्री ……। सदस्य ….
७) श्री …….। सदस्य ……
८) श्री…..। सदस्य ……
९) श्री …….। सदस्य …..
१०) श्री ……। सदस्य ……
११) श्री …….। सदस्य …..
१२)श्री ……। आमन्त्रित……
१३) श्री……। आमन्त्रित……..
छलफलका विषयहरु
क )_उद्घोषण कलाको सदुपयोग सम्बन्धमा
ख)…
ग)विविध
निर्णयहरु
क) प्रस्ताव नं।क का सम्बन्धमा छलफल गर्दा आगामी साउन १७ गतेको बार्षिक उत्सब को अवसरमा विविध साहित्यिक कार्यक्रम गरी बार्षिक उत्सब मनाउने निर्णय गरियो । जसको लागि निम्नानुसारको जिम्मेवारी समेत बाँडफाँट गरियो
कार्यक्रम सञ्चालन : ……
स्वागत ः…..
…..

ख)
……।
ग० आजको बैठकमा छलफल गरी निर्णय गर्नुपर्ने कुनै प्रस्तावहरु बाँकी नरहँदा बैठकमा उपस्थित सबैलाई अध्यक्षबाट धन्यवाद दिई अर्को बैठक यही मिति …..। गते …..। स्थानमा बस्ने गरी अध्यक्षको निर्देशनअनुसार आजको बैठक विसर्जन गरियो ।

निर्णयमा हस्ताक्षर
….।

ख) निर्णयलेखनको नमुना घ आधुनिक शैली
बैठक सङ्ख्या ः पाँच

मिति वि।सं। २०७६ आषाढ २७ गते सुक्रबार दिउसो ३ बजे
बैठक ः विद्यार्थी समाज , काठमाण्डौ का नपा २८ नं एकाइ समितिको कार्यसमिति
अध्यक्षता ः भागिरथ पोखरेल
स्थान ः ए वान कार्यालयको बैठक कक्ष
उपस्थिति ः –
नाम पद हस्ताक्षर
१)भगिरथ पोखरेल अध्यक्ष….।
२) केवल बोहरा उपाध्यक्ष …..।
३) आशा दाहाल सचिव …..।
४)बिकास लम्साल कोषाध्यक्ष …..।
५)…….।
अनुपस्थिति
१)सरोज तिवारी….। (जानकारी)
२)कल्पना थापा…..।
३)….
प्रस्ताव नं १ः अघिल्लो बैठकपछि भएका उपलब्धिको समीक्षा
छलफल ः मिति २०७६ साउन बार्षिक उत्सबमा भएको साहित्यिक कार्यक्रम प्रभावकारी भएको
निर्णय ः बार्षिक उत्सबको दिनमा सांस्कृतिक कार्यक्रम गर्ने जसमा निम्नानुसारको जिम्मेवारी सुम्पियो
कार्यक्रम सञ्चालन ः……।
…….।
प्रस्ताव नं। २ आउने शनिबारको सदुपयोग गर्ने
छलफल ः…….।
निर्णय ः…….।
……..।
आगामी बैठकको मिति ः २०७६ भदौ १७ गते
माइन्युट प्रमाणित गर्ने ः नाम सही पद
माइन्यूट लेख्ने ः नाम सही पद

सम्बन्धित समाचार

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…