भगवान जगन्नाथको रथ यात्रा (फोटोफिचर )

बेनी सोमबार साउन २७ गते । म्याग्दीको बेनी नगरपालिका ५ जगन्नाथधाममा सोमबार भगवान जगन्नाथको रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधामगुठी सञ्चालन तथा व्यवस्थापन समितिले मन्दिर परिसरमा रथयात्रा गरेको हो ।रथयात्रामा राजनीतिक दलका प्रमुख ,एवं जनप्रतिनिधि,सरकारी कार्यालयका प्रमुख र भक्तजनहरु सहभागी थिए ।

सिंजा सामाज्यको पतन पछि कर्णाली प्रदेशमा बाईसे राज्यहरु र गण्डकी प्रदेशमा चौबीसे राज्यहरु आस्तित्वमा आएपछि चौबिसे राज्यमध्ये एतिहासिक पर्वत राज्यका समालबंशी तृतिय मल्लराजा दिलिप बम मल्ल (डिम्बले) अन्दाजी १५६० तिर भगवान जगन्नाथ मन्दिरको स्थापना गरेको भनाई रहेको छ । तस्विर :साधन राम्जाली

सम्बन्धित समाचार

thumbnail

पिताको वार्षिक पुण्य तिथिको अवसरमा विद्यालयलाई शैक्षिक पोशाक वितरण

बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…

thumbnail

बेनी नगरपालिकाले ल्यायो ७३ करोड २२ लाख रुपैयाँको बजेट, उत्पादन र शिक्षामा जोड

सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…

thumbnail

बेनी नगरपालिका –७ मा सम्मान र योजना प्राथमिकीकरण

बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…