भोजपुरको टेम्केमैयुङमा बस दुर्घटना हुँदा १० घाइते, एकको अवस्था गम्भीर
आइतवार, साउन २६ गते
। म्याग्दी न्युज संवाददाता
भोजपुर,आइतबार साउन २६ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ ।
आइतबार बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइतेमध्ये सात अस्पताल भर्ना भएको प्रहरीको भनाइ छ । जसमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा झापाका सहचालक अर्जुन लिम्बू रहेको प्रहरीको भनाइ छ । लिम्बूको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको छ ।
घाइतेहरुमा भोनपा–३ बस्ने २२ वर्षीया सङ्गीता प्रधान, २४ वर्षीया मनिषा श्रेष्ठ, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र सोही वडाका ११ वर्षीय बालक विवेक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्बू, टेम्केमैयुङ गाउँपालिका–३ की ५५ वर्षीया गङ्गादेवी राई, मोरङ घर भएकी २१ वर्षीया सविना गौतम भट्टराई र चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएका छन् । घटनापश्चात चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिकखबर
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…