महिलालाई आर्थिक रुपमा सशक्त र सक्षम बनाउनुपर्छ ः मन्त्री थापा
शनिवार, साउन १८ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी,शनिबार साउन १८ गते । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउनुपर्ने बताएकी छिन् । म्याग्दीमा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको स्थलगत अनुगमनपछि आयोजित समीक्षा कार्यक्रममा बोल्दै उनले महिलालाई आयआर्जनका क्षेत्रमा लगाउनुपर्ने बताएकी हुन् ।
मन्त्री थापाले समाजमा पछाडी परेका महिलाहरुलाई विभिन्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी आर्थिक रुपमा सक्षम र सशक्त बनाउनुपर्ने बताउँदै सोही अनुसार देशका ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । देशको आधाभन्दा बढी जनसङ्ख्या ओगटेका महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरणका लागि कार्यक्रम अगाडि सारिएको उनले बताइन् ।
महिलाहरुलाई लक्षित गरेर आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी त्यसबाट उनीहरुलाई आत्मनिर्भर र व्यावसायिक बनाउनुपर्ने मन्त्री थापाले बताइन् । भौतिक संरचनाको विकासले मात्रै केही नहुने हुँदा समाजमा पछाडी परेका वर्गको उत्थान गर्नुपर्नेमा जोड दिँदै उनले आर्थिक–सामाजिक रुपान्तरणसँगै शोषण, दमन, कुरिती र कु–संस्कारको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिइन् । उनले समाजमा रहेको अन्धविश्वास हटाउनका लागि सबै क्षेत्रबाट सचेतनामूलक अभियानहरु चलाउनुपर्ने बताएकी छिन् ।
मन्त्री थापाले जनताको अत्यन्तै नजिक र घरदैलोको सरकार स्थानीय सरकार भएकाले नागरिकको चाहना र स्थानीय आवश्यकता अनुसार बजेट, नीति र कार्यक्रम बनाएर लागू गर्नुपर्ने बताइन् । उनले देश सङ्घीयतामा गएसँगै स्थानीय तहमा ४१ प्रतिशत र प्रदेश तथा संघमा ३३% महिला जनप्रतिनिधिको बलियो उपस्थिति रहेको भन्दै आधाभन्दा धेरै मत महिलाहरुको रहेकाले महिलाको समस्या समाधानमा सरकारहरु केन्द्रीत हुनुपर्ने बताइन् ।
स्थानीय सरकारले महिलाहरुको आर्थिक–सामाजिक रुपान्तरण हुने खालका महिला सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने मन्त्री थापाको भनाइ छ । नेपालमा धेरै समयपछि स्थायी सरकार निर्वाचित भएर आएको हुँदा यसले नागरिकको आवश्यकता, चाहना र देशको समस्या समाधान गर्नेगरी कार्यक्रमहरु अगाडि सारेको उनले बताइन् ।
सोही कार्यक्रमको अवसरमा मन्त्री थापाले बेनपा–६, डम्बरामा महिलाहरुले सुरु गरेको व्यावसायिक बंगुरपालन र कुखुरापालनको स्थलगत अनुमगन गर्नुका साथै बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षाको स्थलगत अवलोकन गर्नुका साथै विद्यालयको अवस्थाबारे शिक्षकहरुसँग आवश्यक जानकारी लिएकी छिन् ।
कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समुदायमा महिलामाथि हुने अधिकांश हिंसा आर्थिक परनिर्भरताको कारणले हुनेहुँदा यसको न्युनीकरणका लागि आयआर्जनका कार्यक्रम सञ्चालनमा जोड दिइएको बताइन् । उनले नगरपालिकामार्फत पनि महिलालक्षित कार्यक्रमलाई जोड दिइएको बताउँदै राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिना बानियाँले बेनी नगरपालिका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न आफ्नो सरकारीमार्फत १५÷१५ जनालाई व्यावसायिक कुखुरापालन र बंगुरपालन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । कार्यक्रम सहकारीका सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो ।
म्याग्दीको बेनी नगरपालिकासहित मंगला गाउँपालिका–२, बाबियाचौरको जनआदर्श महिला सहकारीले व्यावसायिक बाख्रापालन र रघुगंगा गाउँपालिका–२, राखुभगवतीमा महिलाहरुका लागि व्यावसायिक तरकारी खेती सुरु गरिएको छ ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…
एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…
पर्सा । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा…