रवि सहित तीनै जनालाई मध्यराति चितवन पुर्‍याइयो

चितवन ,शुक्रबार साउन ३१ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ।

बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याउदा राति साढे एक बजेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थय परीक्षण गरिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राािखएको छ । उनीहरुलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । annapurna post

सम्बन्धित समाचार

thumbnail

धनगढी उपमहानगरपालिकाले ल्यायो १ अर्ब ८३ करोडको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…

thumbnail

घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको…

thumbnail

४८ घण्टाभित्र राजीनामा दिन्छु : मन्त्री आले

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…