शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन , अध्यक्षमा शाक्य
शनिवार, भदौ १४ गते
। म्याग्दी न्युज संवाददाता
बेनी,शनिबार भदौ १४ गते । जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट कोषको अध्यक्षमा राजेश शाक्य सर्वसम्मत रुपमा चयन हुनुभएको छ । अध्यक्ष शाक्य संगै कोषको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिकृष्ण गौतम ,द्धितिय उपाध्यक्षमा खम थापा मगर ,सचिवमा लोक बहादुर पुन (लोकेश), कोषाध्यक्षमा विनय श्रेष्ठ ,सहसचिवमा सन्दिप खत्री (प्रविन ) ,सहकोषाध्यक्षमा नरेश श्रेष्ठ तथा सदस्यहरुमा दिपक श्रेष्ठ ,सचिन कुमार चौधरी सन्तोष गौतम,डिल कुमारी पुन ,कृष्णबहादुर जिसी र डकबहादुर रोका मगर चयन हुनुृभएको छ ।
साधारणसभा तथा अधिवेशनको प्रतिनिधि सभा सदस्य सांसद भुपेन्द्र बहादुर थापाले उद्घाटन गर्नुभएको हो । सांसद थापाले कोषले जिल्लामा आर्थिक अभावकै कारण अस्पताल पुग्न नसक्ने र थप उपचार गर्न नसकी ज्यान गुमाउन बाध्य विरामीको उपचारमा सहयोग जुटाई मानवीय सेवामा ठुलो योगदान पु¥याएको बताउनुभयो । सांसद थापाले शान्ति कोषको मानविय सेवा समाजमा एक उदाहरणिय तथा प्रेरणादायी रहेको उल्लेख गर्नुभयो । उहाँले राज्यले गर्नुपर्ने काम शान्ति कोषले गरिरहेको बताउनुहुँदे धन्यवाद समेत व्यक्त गर्नुभयो ।
पुर्व सांसद द्धय नवराज शर्मा तथा गोविन्द पौडेलले ओमुमारी शान्ति कोषले सामाजिक तथा आर्थिक क्षेत्रमा पु¥याएको योगदान एक उदाहरणिय एवम् प्रेरणादायी रहेको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी ,रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,कलेजो दाता तथा कोषका संस्थापक अध्यक्ष चन्द्रबहादुुर केसी ,नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्की,राप्रपा म्याग्दीका अध्यक्ष विरबहादुर थापा,मोना बेल्जियमका अध्यक्ष प्रदिप थापा सुमन थापा,कोषका संस्थापक तथा पत्रकार घनश्याम खड्का ,गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेल लगायतले शुभकामना दिनुभएको थियो ।
नवनिर्वाचित कोषका अध्यक्ष अध्यक्ष शाक्यले आर्थिक अभावका कारण जिल्लाका गरिव विपन्न परिवारका विरामीले अकाल्मै ज्यान गुमाउन नपरोस भनि कोषका स्थापना भएको बताउनुभयो । उहाँले गरिव तथा विपन्न परिवारका विरामीको उपचारमा सघाउन डेढ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।
‘शान्ति पुनलाई बचाउन सकेनौं । त्यसैले आर्थिक अभावले उपचार नपाएका गरिब तथा विपन्न विरामीको उपचारमा सहकार्य गर्ने निर्णय ग¥यौ । अभियानबाट एक सय ५ जना विरामीको उपचारमा १ करोड ८३ लाख २४ हजारबढी सहयोग जुटाएका छौं’ अध्यक्ष शाक्यले भन्नुभयो , ‘सियाना रन्तिजा बचाउन कलेजो दाता ब्यवस्थाा गर्ने, दाताको तर्फबाट अस्पतालमा गर्ने सवै खर्च पनि संस्थाले ब्यहोरेका छौं । थप धेरै अप्ठ्यारो परिस्थितीका विरामीको उपचारमा निरन्तर जुट्छौं । एक थुकी सुकी सय थुकी नदी हाम्रो आदर्श अभियान हो ।’
(हाईपोलास्टीक एनीमिया) रोगबाट पिडित बेनी नगरपालिका ४ ठाडाखानीकी २८ बर्षिया ओमकुमारी पुन “शान्ति”को उपचारबाट बचेको पैसाबाट २०७१ सालमा कोषको स्थापना भएको थियो ।(हाईपोलास्टीक एनीमिया) रोगबाट पिडित शान्तिको २०७१ साल असार १८ मा उपचारको क्रममा निधन भएको थियो ।
कार्यक्रममा अन्नपूर्ण गाउापालिका, ७ हिस्तान औलकी ९ महिने सियाना रन्तिजाको जीवन बचाउर्ने कोषका संस्थापक एवम् कलेजोदाता चन्द्र बहादुर केसी , कोषका संरक्षक सदस्य ,विभिन्न संघ संस्था तथा जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा कलेजो प्रत्यारोपणपछि पहिलो पटक जिल्ला फर्केकी सियानालाई फुलगुच्छाले स्वागत गरिएको थियो । यसैगरी कोषले उज्यालो बैकल्पीक शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि सहयोग गरेको छ ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…