सडक कालोपत्रे योजना सुरु ,गाउँपालिका अध्यक्ष रोका मगरद्धारा शिलान्यास

साधन राम्जाली
म्याग्दी,विहिबार साउन ३० गते ।
बेनी -दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत बेनी दरबाङ्ग सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका लाम्पाटादेखी र मालिका गाउँपालिकाको दरबाङ्ग सम्म सडक कालोपत्रे योजना निर्माण कार्य सुरु भएको हो ।

विरुवा क्याराभान निर्माण कम्पनीले निर्माण गर्न लागेको योजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले विहिबार एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो । योजनाको शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष रोका मगरले गुणस्तरिय काम सहित तोकीएको समयमा योजना निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रको विकासमा ढोका खाल्ने उहाँले बताउनुभयो ।

यसैगरी गाउँपलिका उपाध्यक्ष खर माया विटालुले योजना निर्माण सम्पन्न भएमा पश्चिम क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा सहज हुने बताउनुभयो ।


२२ करोड लागतको अनुमान गरिएको बेनी -दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको पुर्वाधार विकास कार्यालय म्याग्दीका सिनियर डिभिजन ईन्जीनियर ओमराज ढुङगनाले जानकारी दिनुभयो ।


६ दशमलव ८ किमी रहेको योजना २४ महिनामा सक्ने सम्झौता भएको छ । बेनीदेखी बाबियाचौर सम्म १६ दशमलव २ किमी सडक कालोपत्रे योजना निर्माण सुरु भएको उहाँले बताउनुभयो । एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत निर्वाचन क्षेत्र (क) मा ८ किमि गलेश्वर– पिप्ले –भगवती सडक कालोपत्रे योजना निर्माण सुरु भएको ईन्जीनियर ढुङ्गनाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…

thumbnail

मंगलाको कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार विजयी

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार सम्पन्न भएको निर्वाचनबाट ४ जना महिला सदस्यमा नेकपा एमालेका डिल कुमारी खत्री, तिल कुमारी खत्री, भुमिसरा बुढाथोकी…