बेनी ,शुक्रबार असोज ३ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदिप पौडेलले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकबाद तर्फ उन्मुख रहेको बताउनुभएको छ । नेपाली काँग्रेसको दोस्रो चरणको जनजागरण अभियानको क्रममा म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीको आमसभालाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो ।
‘कम्युनिष्ट सरकार आएपछि कोही पनि भोकै बस्नुपर्दैन भनिन्थ्यो अहिले जनता भोकै छन् सरकारमा रहेका मन्त्रिहरु आफ्ना लागि महल बनाउँदै छन्,’नेता पौडेलले भन्नुभयो ।‘जनतालाई भोकै राखेर जनताबाट उठाएको करबाट आफ्नो लागि महल बनाउने दुइ तिहाइको कम्युनिष्ट सरकार समाजबाद तिर होइन् अधिनायकबाद तर्फ उन्मुख रहेको प्रष्ट हुन्छ ।’ दुइ तिहाइको सरकारले भ्रष्टाचार ,अपराध ,हत्या हिंसालाई बढवा दिएको समेत आरोप लगाउनुभयो । विकास निर्माणका काममा सरकारको उपलब्धी शुन्य देखिएको बताउनुभयो ।
जनता माथि भएको विभेद विरुद्ध आवाज उठाउने पहिलो पार्टी कांग्रेस भएको बताउनुभयो । ‘हिजो राज्य व्यवस्थाका कारण दलित जनजाती उपेक्षितमा परे पनि यद्यपी समाजमा विभेद विरुद्ध आवाज उठाउने पहिलो राजनितिक पार्टी कांग्रेस हो ।’ उहाँले भन्नुभयो ।
‘दलितलाइ तिमी विभेदमा परेका हौं भनि लडन् सिकाउने र जनजातीले समान अधिकार पाउनुपर्छ भन्ने,भुमिहिन सुकुम्बासीले जग्गा पाउनुपर्छ भन्ने,किसानका पक्षमा योजना बनाउनुपर्छ भन्ने र नेपालमा सबै सामन्तबादी अवशेषको अन्त्य गर्नुपर्छ भनि आवाज उठाउने पहिलो पार्र्टी कांग्रेस हो,’उहाँले भन्नुभयो ।
‘कांग्रेस राजनितिक पार्टी मात्र होइन् सबै विभेद विरुद्ध आवाज उठाउने,परिवर्तनको शब्दकोष कोर्ने र जनयुद्धमा हिँडेका माओबादीलाई शान्ति प्रक्रियामा ल्याएर नेपाली राजनितिको मुल धारमा स्थापित गराउन सफल भएकाले कांग्रेस सबैको अभिभावक पनि हो ।’
उहाँले जनै देखाएर बाहुनलाई हलो जोताउने र बाहुनलाई हलो जोताएर दलितले मात्र हलो जोत्नुहुँदैन् भन्ने नेपाली समाजलाइ बुझाउन खोज्ने पहिलो पार्टी कांग्रेस भएको बताउनुभयो ।
जागरण अभियानका केन्द्रिय प्रतिनिधि पूर्व सांसद गोविन्दप्रसाद शर्मा,नेपाली कांग्रेस म्याग्दीका सभापति खम्वीर गर्वुजा,सचिव क्याप्टेन मिन बहादुर कार्की र जिल्ला सदस्य ओम छन्त्यालले जनतालाई झुटो आश्वासन बाँडेको आरोप लगाउनुभयो । सरकारले जनता माथि ज्यादति र दमन गरेको बताउँदै त्यसको बिरुद्धमा आवाज उठाउन सबै एक हुनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी वडा अध्यक्ष जिवनकुमार मल्लले गाउँपालिकाबाट गरेका कार्यहरुको जानकारी गराउनुभएको थियो । जागरण अभियानका संयोजक चिरन्जीवि शर्माको अध्यक्षता स्वागत दिपेन्द्र रिजालको संञ्चालनमा सभा सम्पन्न भएको थियो ।
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…