बेनी,मंगलबार असोज ७ गते । नेपाली कांग्रेस म्याग्दीले सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सरकारको अकर्मन्यता ,भ्रष्टचार ,हत्या ,हिंसा ,आतङक विरुद्ध विरोध प्रदर्शन गरिएको कांग्रेस म्याग्दीले जनाएको छ । दोस्रो चरणको हिमाल, पहाड र तराई जनजागरण अभियान अन्तर्गतको अन्तीम दिन मंगलबार आयोजित विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा १ का जागरण अभियान संयोजक एवम् संविधान सभाका सांसद गोबिन्दप्रसाद कंडेलले सरकारले गरेका गलत क्रियाकलाप र राष्ट्रहित विपरित गरेका कार्यको भण्डाफोर गर्न जागरण अभियान संचालन गरेको बताउनुभयो ।
कांग्रेसको जागरण अभियानले सरकारबाट निराश भएका जनातामा हौसला थपिनुका साथै उनिहरुमा कांग्रेस प्रतिको आशा र भरोसा बढेर गएको दावी गर्नुभयो । उहाँले वर्तमान सरकारले चुनावको समयमा जनतामाझ गरेका वाचालाई भुलेर अधिनायकबाद तर्फ उन्मुख हुन खोजको आरोप लगाउनुभयो । सरकारको कार्यशैलिका कारण जनाताले विकल्प खोजिरहेको कंडेलले बताउनुभयो ।
सरकार संघिय संरचनामा गए पनि सरकारको मानसिकता भने उहि पुरानो केन्द्रीकृत भएको बताउनुभयो । सरकार काण्डैकाण्डमा मुछिएकाले जनताले भरोसा गर्ने ठाउँ नरहेको उहाँको भनाइ छ । बर्तमान सरकारले भ्रष्टाचार ,महङ्गी ,हत्या, हिंसा बलात्कार जस्ता जघन्य अपराध नियन्त्रणमा असफल भएको समेत दावि गर्नुभयो । अदालतको निर्णय उल्टाउने ,प्रेस स्वतन्त्रता माथि अंकुश लगाउने जस्ता गलत प्रवृतीमा समेत सरकार लागि परेकाले यसलाइ रोक्न जनस्तरबाट दबाब दिनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा २ का जागरण अभियान संयोजक एवम् पूर्व साँसद निरज पुनले प्रतिपक्षको हैसियतले सरकारलाई सहयोग गर्न खोजे पनि दुई तिहाइको दम्भ देखाएर सरकार सहकार्य गर्न नखोजेको आरोप लगाउनुभयो । कांग्रेसले असहमती जनाएर विरोध गरेपनि दुइ तिहाइको आडमा जनताको हित विपरितका विद्येयक पारित भएको उहाँको भनाइ छ । साथै उहाँले देशमा लोकतन्त्र स्थापना भएपनि राजनितिक दल सरकारबाट प्रतिबन्धमा पर्नु दुखद विषय भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यसमिति म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीर,बेनी नगरपालिका प्रमुख तथा जिल्ला कार्यसमितिका सचिव हरि कुमार श्रेष्ठले सरकार आफ्नो असफलता ढाकछोप गर्नका लागि प्रतिपक्षलाई दोष दिएर उम्कीन खोजेको आरोप लगाउनुभयो ।
कार्यक्रममा प्रवक्ता अजय मिलन क्षेष्ठ, सस– सचिव भरत बहादुर रकाल, प्रदेश निर्वाचन क्षेत्र न (ख)का अध्यक्ष कमल छन्त्याल, जिल्ला सदस्य मन कुमारी बिक, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य बोम बहादुर पुन, बेनी नगर सभापती अनोद क्षेष्ठ, नेबिसंघका नेता निर्मल खत्रीले बोल्नुभएको थियो । कार्यक्रम उपभापती माधव रेग्मीको स्वाग्गत, जिल्ला सभापती गर्बुजा खम्बीरको सभापत्विमा भएको कार्यक्रमको सञ्चालन सचिव क्या मिन बहादुर कार्कीले गर्नुभएको थियो ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गर्नुभएको छ । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै…
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका वामदेव गौतमले अबका तीन महिनासम्म कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन पहल गर्ने बताउनुभएको छ । तीन महिना पहल गर्दा पनि कम्युनिष्टहरू एक ठाउँमा उभिने…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…