सुरेन गुरुङ पोखरे बगर ,विहिबार असोज ९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा एकै दिन ४ वटा भवनको उद्घाटन गरिएको छ । घार स्थित नवनिर्मित मुक्तीमार्ग मावि.,घार स्वास्थ्य चौकी ,वडा कार्यालय र कोट मन्दीर सामुदायीक भवनको विहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६० लाख ,स्थानीय प्रवासीको पहलमा विदेशी संस्था क्तभचल ल्भउब िन्भचmबल को ३५ लाख ५६ हजार र ज्ष्mबबिथबल ाचष्भलमक भ्।ख्।न्भचmबल को १६ लाख ७७ हजार ५ सय रुपैयाँ ,स्थानीय,युवा क्लब ,विभिन्न संस्था र स्थानीयको सहयोग गरी एक करोड ४५ लाख ८६ हजार ११९रुपैयााँ लागतमा निर्माण भएको मुक्ती मार्ग माविको भवननको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद भु्पेन्द्रबहादुर थापाले गर्नुभयो । भुकम्पका कारण जिर्न बनेको विद्यालयमा १२ कोठे पक्की भवन निर्माण संगै सहज भएको छ ।
सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागङबाट एक करोड ५६ लाख रुपैयाँमा निर्माण भएको घार स्वास्थ्य चौकीको संविधान सभा सदस्य रेशमबहादुर बानियाँले उद्घाटन गर्नुभयो । दुई तले भुकम्प प्रतिरोधी क्षमत्ताको अपाङ्गमैत्री भवन निर्माण भएको छ । उक्त भवनमा १५ वटा शैया, स्वास्थ्य परिक्षण, ल्याब, औषधी भण्डारी, एक्सरे लगायतका कक्षको सुबिधा रहेको छ ।
साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ सुबिधा सम्पन्न भवन निर्माणका लागि स्थानीयबासीले दान र आर्थिक सहयोग जुटाएर घारको निमरुख भन्ने ठाउँमा चार रोपनी १ आना जग्गाको व्यवस्था गरेका थिए । गाउँपालिकाबाट निर्माण भएको वडा कार्यालयको भवनको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी र कोट मन्दीर सामुदायीक भवनको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सांसद थापाले शिक्षा ,स्वास्थ्य र वडा कार्यालयको भवन निर्माण भएपछि वडा बासीलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । भौतिक संरचना निर्माण संगै शैक्षिक गुणस्तर , प्रशासनिक एवम् स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी तथा सर्बसुलभ कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।
संघिय सरकारले गाउँपालिकामा सुविधा सम्पन्न खेल मैदान निर्माणलाई जोड दिएकाले आवश्यकताका अधारमा सिफारिस गर्न आग्रह गर्नुभयो । घोडेपानी –मोहोरेडाँडा पदमार्गलाई ५० लाख रुपैयाँ र विश्वको पर्यटकीय स्थल पुनहिललाई स्थापित गर्न ५० लाख रुपैयाँ गरी एक करोड रुपैयाँ बजेट विनियोजन भएको समेत जानकारी दिनुभयो ।
सामाजिक विकास निर्माणमा सबै राजनितिक दलको सहकार्य आवश्यक हुने बताउनुभयो । संघ ,प्रदेश र स्थानीय तहबाट विनियोन भएका योजनाहरु कार्यान्वयन गर्न सबै एक जुट भएमा मात्र विकास सम्भब हुने उहाँको भनाइ छ ।
सांसाद थापाले फरक प्रशंगमा नेत्र विक्रम चन्द विप्लब प्रति लक्षित गरी बम पड्काउने पार्टी संग कुनै सम्झौता नहुने बताउनुभयो । ‘राजनितिक पार्टी भएर आमसभा ,गोष्ठी ,कार्यक्रम र संगठन विस्तार गर्ने राजनितिक पार्टी स्वतन्त्र हुन्छ, ’ उहाँले भन्नुभयो । ‘बम पड्काएर जनता मार्ने ,तर्साउने र राज्यको भौतिक संरचना लुट्ने र ध्वस्त पार्ने पार्टीसंग सररकारले कुनै सम्झौता गर्न सक्दैन् ।’ राजनितिक स्थायीत्व स्थापित भएकालले सबै राजनितिक दल आर्थिक क्रान्तीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
साथै उहाँले राज्यको कुनै धर्म नभएकाले कसैले चाहँदैमा नेपाल हिन्दू राज्य घोषणा हुन नसक्ने उहाँको तर्क छ । कार्यक्रममा संविधान सभा सदस्य पुर्व सांसद बानियाँले जनातबाट संकलन भएको चन्दाले सामाजिक विकासका पुर्वाधार निर्माण हुनु सराहनिय र एक उदाहरणिय काम भएको बताउनुभयो । सामाजिक विकास निर्माणमा सबै एक भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार हुने बताउनुभयो । उहाँले भौतिक संरचना संग्रै गुणस्तीय,सर्बसुलभ र सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिनुभयो ।
जिसस प्रमुख केसी ,प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल ,गाउँपालिका उपाध्यक्ष केशमाया मगर,वडा अध्यक्ष बरुवाल, सहयोगी संस्था क्तभचल ल्भउब िन्भचmबल की अध्यक्ष उली मंक लगायतले भौतिक संरचना निर्माण संगै त्यसको प्रभावकारी कार्यान्वयन र संरक्षणमा स्थानीय सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल बहादुर बरुवालको अध्यक्षता ,प्रअ मेखबहादुर खड्काको स्वागत र शिक्षक रामकृष्ण खड्का र ठकराज बरुवालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनी ,वडा अध्यक्ष ,गाउँपालिकाको शाखागत कार्यालयका पू्रमुख लगायत विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । विद्यालयले सहयोगी संस्था ,क्लब ,पत्रकार सन्तोष गौतम ,चन्दादाता ,जग्दाताहरुलाई सम्मान गरेको थियो ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…