दरबाङ,शनिबार असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । म्याग्दीको पश्चिम मंगला ,मालिका र धवलागिरी गाउँपालिकाका दुर्गम भेगलाई लक्ष्यित कार्यक्रमको आयोजना गरिएको हो । शिविर आइतबार सम्म संचालन हुनेछ ।
शनिबार देखी सुरु भएको धवलागिरी गाउँपालिका–६ मराङकी ७९ बर्षिया नरदेबी केसीको दाँतको उपचार गरी शिविरको उद्घाटन गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले विदेशमा बगाएको पसिनाको कमाइ स्वास्थ्य क्षेत्रमा सहयोग गरेर सरकारको दायीत्व व्यक्तीले बहन गरेको बताउनुभयो । शिविरले आर्थिक अभावका कारण अस्पतालको पहुँच भन्दा बाहिर रहेका दुर्गम गाउँका गरिब विपन्न परिवारका बिरामीलाइ ठुलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
शिविर आयोजक समाजसेवी एवम् मोना अष्ट्रेलियाका अध्यक्ष मुक्ति रोका मगरले आफ्नो आमाको सम्झनामा अस्पताल जान नसकेका दुर्गम गाउँको गरिब विपन्न परिवारका बिरामीलाइ लक्ष्यित गरी शिविरको आयोजना गरिएको बताउनुभयो । ‘आर्थिक अभावका कारण अस्पताल जान नसकेका दुर्गम गाउँका गरिब विपन्न परिवारका विरामीलाई लक्ष्यित गरेर परिवारको सहयोगमा आमा पबिसरा रोकाको सम्झनामा शिविरको आयोजना गरिएको हो’ रोकाले भन्नुभयो । छोराछोरीले चाडपर्व र जन्मदिनमा पाएको उपहारबाट बचत भएको पैसा शिविरका लागि सहयोग गरेको जानकारी दिनुभयो । विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएका रोकाले आगमी दिनमा पनि सामाजिक सेवामा सक्रिय हुने बताउनुभयो । साथै उहाँँले सोही अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले स्वास्थ्य क्षेत्रमा रोका परिवारले पु¥याएको योगदान समाजका लागि उदाहरणिय भएको बताउनुभयो । सरकारको दायित्व परिवारले लिएको बताउनुभयो । गाउँपालिका अध्यक्ष रोका मगरको अध्यक्षता ,स्वास्थ्य केन्द्रका पुर्व अध्यक्ष हिरा बहादुर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शिविरमा दन्त चिकित्सक राजेन्द्र राना मगरको नेतृत्वमा सुर्या थापा लगायत चार जनाको टोलिले सेवा दिएका छन् ।
शिविरमा दन्त परिक्षण,कुहिएको,किराले खाएको दाँत झिक्ने र भर्ने, निशुल्क औषधी वितरण संगै दाँत सम्बन्धी परामर्श लगायतका सेवा उपलब्ध हुने आयोजकले जनाएको छ । कार्यक्रममा आयोजक रोका संगै उहाँकी श्रीमति तिका ,छोरी सृष्टी र छोरा समित रोका, सहयोगी संस्था दरबाङ स्थित लायन्स क्लब,लियो क्लब ,आमा समुह , युवा क्लब,इलाका प्रहरी कार्यालय दरबाङ लगायत विभिन्न संघ संस्थामा कार्यरत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । शिविरको पहिलो दिन तीन सय भन्दा बढीले सेवा लिएका छन् ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…