नगर प्रमुख श्रेष्ठद्धारा बाढी पिडितलाई ५५ हजार रुपैयाँ सहयोग
आइतवार, असोज ५ गते
। म्याग्दी न्युज संवाददाता
बेनी ,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले वडा नं २ स्थित बगरफाँटका बाढी पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । गयराती परेको अविरल बर्षासंगै कोटखोलामा आएको बाढीबाट पिडित परिवारलाई प्रमुख श्रेष्ठले आफुले पाउने सेवासुविधाबाट ५५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
आइतबार बाढी पिडितको परिवारलाई भेट्न बगरफाँट पुग्नुभएका प्रमुख श्रेष्ठले आफूले पाएको सेवासुविधाबाट अनिता, पार्वती र राममाया परियार तथा दिलप्रसाद जुग्जालीलाई व्यक्तिगत रुपमा १० हजार रुपैयाँका दरले सहयोग गर्नुभएको हो ।
भने अन्य परिवारहरुलाई पाँचहजार रुपैयाँका दरले सहयोग रकम उपलब्ध गराउनुभएको हो । बाढीबाट पीडित तथा प्रभावितहरुलाई नगद सहयोग हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख श्रेष्ठले सबैलाई विपत्ति आउने भएकाले पीडितहरुलाई धैर्यधारण गर्न र नआत्तिन आग्रह गर्नुभयो । साथै सोही अवसरमा नगरपालिकाले बाढी पिडितलाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…