बाढीपीडितलाई विभिन्न संघसंस्थाको आर्थिक तथा जिन्सी सहयोग, बेपत्ता दुई बालिका अझैसम्म भेटिएनन्
आइतवार, असोज ५ गते
। म्याग्दी न्युज संवाददाता
म्याग्दी,आइतबार असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका–२, बगरफाँटका बाढीपीडित तथा प्रभावितहरुलाई आर्थिक तथा जिन्सी सहयोग प्राप्त भएको छ । बगरफाँटस्थित कोटखोलामा आएको बाढीले विस्थापित बनेकाहरुलाई जिल्लास्थित विभिन्न सरकारी तथा सामाजिक संघसंस्थाले सहयोग गरेका हुन् ।
बेनी नगरपालिकाले बाढीमा परी पूर्णरुपमा क्षति बेहोरेका पार्वती परियार र अनिता परिलाई नगद एकएक लाख रुपैयाँको चेक उपलब्ध गराएको छ । यसैगरी दिलप्रसाद जुग्जालीलाई नगद ५० हजार रुपैयाँ तथा राममाया परियारलाई २५ हजार रुपैयाँ दिएको हो । त्यस्तै विष्णु परियार, रमेश परियार, सेते किसान र रेशम परियारलाई आठहजार रुपैयाँका दरले नगद चेक उपलब्ध गराइएको बेनी नगरपालिकाले जनाएको छ ।
सोही अवसरमा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफूले पाएको सेवासुविधाबाट अनिता, पार्वती र राममाया परियार तथा दिलप्रसाद जुग्जालीलाई व्यक्तिगत रुपमा १० हजार रुपैयाँका दरले सहयोग गरेका छन् । त्यसैगरी अन्य व्यक्तिहरुलाई पाँचहजार रुपैयाँका दरले उनले सहयोग रकम उपलब्ध गराएका छन् । बाढीबाट पीडित तथा प्रभावितहरुलाई नगद सहयोग हस्तान्तरण गर्दै नगर प्रमुख श्रेष्ठले सबैलाई विपत्ति आउने भएकाले पीडितहरुलाई धैर्यधारण गर्न र नआत्तिन आग्रह गरेका छन् ।
नगद चेक हस्तान्तरण कार्यक्रममा बेनी नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडा अध्यक्षद्वय हिराबहादुर थापा, राजेन्द्रकुमार श्रेष्ठ, वडा सदस्य चन्द्रबहादुर कुँवर र नासु कृष्ण शाक्यको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बेनी नगरपालिकाका इन्जिनियर बिमलरञ्जन कार्कीले गरेका थिए ।
यसैबीच सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लबहरुले नगद तथा जिन्सी गरी एकलाख पाँचसय रुपैयाँ बराबरको बाढी पीडितहरुलाई सहयोग गरेका छन् । लायन्स क्लबहरुले नगद ४५ हजार पाँचसय र ५५ हजार रुपैयाँ बराबरको ग्यास सेट ६ थान, त्रिपाल र प्रेसरकुकर ९÷९ ओटा सहयोग गरेको जानकारी दिए । उक्त नगद तथा जिन्सी सामानहरु हस्तान्तरण गर्दै लायन्स क्लबका डेपुटी चिप एडभाइजर सन्तोष रावलले लायन्स क्लबले आपत्विपदमा परेकालाई सहयोग गर्दै आइरहेको बताए ।
कार्यक्रममा लायन्स क्लबका एड्भाइजर सरोज बानियाँ, जोन चियरपर्सन दिलिप बरुवाल, रिजनचियरपर्सन सुनिता केसी, लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष चन्द्रप्रकाश बराईली, लायन्स क्लब अफ म्याग्दी दोभानका संस्थापक अध्यक्ष अमृतदेवी बानियाँ, वर्तमान अध्यक्ष जानकी विश्वकर्मा, बेनी सिटीका अध्यक्ष कृष्णबहादुर बानियाँ, बेनी महारानीका अध्यक्ष रन्जिता शेरचन र बेनी मल्लाजका अध्यक्ष दिनेश बानियाँले सहयोग हस्तान्तरण गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीले पनि विस्थापितहरुलाई ११ थान त्रिपालसहित उनीहरु सबैलाई पुग्नेगरी लत्ताकपडा र भाँडाकुँडा सहयोग गरिएको उपसभापति अमर बानियाँले जानकारी दिए । अहिले विस्थापितहरुमध्ये दिलप्रसाद जुग्जाली आफ्नो छोरी ज्वाईँको घरमा बसेको र अन्य सबैलाई सरस्वती आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिएका छन् ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…