बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
सोमवार, भदौ १६ गते
। म्याग्दी न्युज संवाददाता
बेनी सोमबार भदौ १६ गते । म्याग्दीको सदरमुकाम बेनीमा राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जिकरण भिभाग सिंहदरबार काठमाण्डौँको आयोजनामा सोमबार जिल्लाका ६ वटै स्थानीय तहका जनप्रतिनिधि ,सरकारी कर्मचारी ,राजनितिक दल ,नागरिक अधिकारकर्मिलाई अन्तक्र्रिया मार्फत अभिमुखिकरण गराइएको हो ।
कार्यक्रममा निर्देशक चोमेन्द्र न्यौपानेले राष्ट्रिय परिचय पत्र सम्बन्धी जानकारी नागरिकको हरेक किसिमका परिचयपत्रहरुलाई एउटै आधुनिक प्रविधिमा आधारित स्मार्ट कार्डमा भण्डारण गर्न मिल्ने उहाँले बताउनुभयो । निर्देशक न्यौपानेका अनुसार अहिले सम्म १ लाख १७ हजार नागरीकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । राष्ट्रिय परिचय पत्र लिनका लागि १६ बर्ष उमेर पुगेको हुनुपर्ने छ । भने जन्मदर्ता लिएकाले पनि परिचयपत्र पाउनेछन् ।
निर्देशक न्यौपानेका अनुसार राष्ट्रिय परिचयपत्रलाई नागरिकले आफ्नो नागरिकता, मतदाता परिचयपत्र, कर सम्बन्धी अभिलेख, ब्याङ्किङ कारोबार, समाजिक सुरक्षा परिचयपत्र लगायतमा प्रयोग गर्न सक्छन् ।
सुरक्षा चिप्स सहितको परिचयपत्रले नागरिकका व्यक्तिगत र बायोमेट्रिक विवरणहरूमा तत्काल पहुँच दिने बाहेक नेपाली, गैरआवासीय नेपाली र विदेशीको वर्गीकरणमा पनि मद्दत र्पुयाउने बताइएको छ । व्यक्तिगत विवरणको जाँच र विकास योजना तर्जुमामा पनि परिचयपत्रले मद्दत गर्ने जनाइएको छ।
राष्ट्रिय परिचयपत्र कार्यान्वयन भएमा सरकारको राजश्व संकलनमा बृद्धि ,अनियमितता रोकिने ,विकास निर्माणमा सहज हुने, एउतै नागरिकले दोहोरो सुविधा लिन नपाउने , अपराधिक क्रियाकलाप न्युनिकरण हुने ,उद्योग ,व्यवसाय र फर्म दर्तामा बृद्धि हुने तथा व्यवसायमा आर्थिक पारदर्शिता हुने तथा विभिन्न झनझटिला प्रक्रियाको अन्त्य हुनुका साथै खर्च कटौती हुने जनाइएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य सांसद विनोद केसीले राष्ट्रिय परिचय पत्र वितरणलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो । सबै वडामा कर्मचारी परिचालन गरी व्यक्तीगत विवरण संकलन गरि नागरिकताको आधारमा पचियपत्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १० वटा सेवा केन्द्रबाट परिचय पत्र वितरण गरिनेछ । परिचयपत्रमा फोटो र औंलाको छाप तथा नाम थर ठेगाना,उमेर ,लिंग संगै अन्य व्यक्तिगत विवरणहरुको आधारमा नागरिकको पहिचान हुने जनाइएको छ । कुनैपनि व्यक्तिको गोपनीयतालाई भंग हुन नदिनका लागि विभिन्न निकायले कानुनद्वारा तोकिए बमोजिम मात्र प्रयोग गर्न सक्नेगरी गोपनियता सुनिश्चित गरिएको केन्द्रले जनाएको छ ।
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
बेनी ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा एमालेका युवा नेता राजकुमार थापा मगर निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुखमा एमालेका उम्मेदार थापा मगर र उपप्रमुखमा एमालेकी उम्मेद्वार दिलकुमारी खत्री विर्वाचित…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…