सन्तोष गौतम नारच्याङ ,सोमबार भदौ ३० गते । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि।स। १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुँदैछ् ।
उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत वर्ष पोखराको हिमालयन आँखा अस्पतालमा शल्यक्रिया गरेपछि आँखा देख्नुहुन्छ । भेट्न आउने आफन्त र गाउँलेलाई चिनेर कुराकानी गर्नुहुन्छ ।
दैनिक एक घण्टा करेसाबारीमा गोडमेल गरेर बिताउने साइली छोरी डिलीसा पुर्जाले बताउनुभयो । डिलीसा र माइली छोरी ओइसा बुद्धुजाले उहाँको स्याहार गर्छन् । आइसा ८० र डिलिसा ७६ वर्षका हुनुभयो ।
जेठी छोरी गाउँमै आफ्नै घरमा बस्नुहुन्छ । कान्छि छोरीको भने दन्द्धको समयमा मृत्यु भएको थियो । उहाँकी श्रीमती बिलमतीको भने बीस वर्ष पहिले निधन भएको थियो ।
‘अहिलेसम्म बिरामी भएर बुवालाई अस्पताल भर्ना गर्न लगेका छैनौ,’ डिलीसाले भन्नुभयो ‘ढिडो, खोले र कुखुराको मासु खुब मिठो मानेर खानुहुन्छ ।’
कोदोको पिठोको ढिडो र जाउलो उहाँको खाना हो । कुखुराको मासु पनि टुट्दैनन् ।
भेटघाट गर्न आउनेहरुलाई फगामीले भेडागोठमा बिताएको बाल्य र युवा कालको घटना सुनाउनुहुन्छ । ‘जान्ने भएदेखि भेडा गोठ बसेको थिए,’ फगामीले भन्नुभयो ‘आधा जिवन भेडाबाख्रासँगै बिताए ।’
फिरन्ते शैलीमा बर्खामा अन्नपूर्ण हिमालको फेदी र हिउँदमा बेशीका फाँटमा भेडाको अघि पछि गरर बिताउनुभयो । स्वच्छ हावापानी र उचित खानपानले गर्दा रोगले आक्रमण नगरेको फगामी बताउनुहुन्छ ।
‘बिरामी भएर अहिलेसम्म अस्पताल गएको र पसलबाट औषधी किनेर खाएको छैन,’ फगामीले भन्नुभयो ‘सामान्य बिरामी हुँदा जंगलकै जडिवुटी खान्छु ।’
घोडेपानी नयाँपुल हुदै तीन दिन पैदल हिडेर पोखरा पुगेका उहाँ अहिले गाउँमै गाडी, दैलो, दैलामा खानेपानी, हातहातमा मोवाइल सेवा भएकोमा खुसी व्यक्त गर्नुहुन्छ ।
‘हाम्रा पालमा साथीभाई भेट हुन र रमाइलो गर्न मेला जात्रा पखनुपर्दथ्यो,’ उहाँले भन्नुभयो ‘अहिले बिजुली, गाडी, मोवाइल आयो । हिजोका ती दिन सम्झीदा कथा जस्तो लाग्छ ।’
उहाँ पछिका चार पुस्ता सन्तान भएका छन् । नाति गोविन्द फगामीले आफ्नो बाजेलाई गाउँकै जेष्ठ मानेर सम्मान गरिएकोमा खुसी लाग्ने बताउनुभयो ।
वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले उहाँ गाउँपालिका र जिल्लाकै जेष्ठ नागरिक हुन सक्ने बताउनुभयो । ‘हामीले उहाँ जस्तै अरु जेष्ठ नागरिक छन कि छैनन् भनेर खोज्दैछौ,’ वडा अध्यक्ष फगामीले भन्नुभयो ‘सय वर्ष पुगेको मान्छे देख्न र भेट्न पाउनु गौरवको विषय हो ।’
उहाँ जिल्लाको सबैभन्दा जेष्ठ नागरिक भएको अनुमान गरिएको छ । फगामी र उहाँका छोरीहरुले मासिक रुपमा पाउने सामाजिक सुरक्षा भत्ताबाट घरखर्च चलाउने गरेका छन् । उनले खेति किसानी र भेडापालेर जिविकोपार्जन गर्नुभएको थियो । ढुङ्गा माटोले बनेको एक तले घरमा बस्दै आएका छन् ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…