बेनी,शुक्रबार असोज ३ गते । संविधान सभावाट नयाँ संविधान जारी भएको चार बर्ष पुरा भएको अवसरमा असोज ३ लाई आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यसैगरी म्याग्दीमा पनि जिल्ला स्थित पाँच गाउँपालिका ,एक नगरपालिका ,जिल्ला समन्वय समिति म्याग्दी ,जिल्ला प्रशासन ,जिल्ला अदालत तथा विभिन्न सरकारी कार्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका हुन् ।सदरमुकाम बेनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रबहादुर थापाले संविधान दिवस सबैका लागि गर्वको विषय भएको बताउनुभयो ।
संविधान संशोधन गरेर थप गतिशील बनाएको र आगामी दिनमा पनि अझै फराकिलो ढंगले असन्तुष्ट समुदायका माग सम्वोधन गरी संविधानलाई सर्व्स्विकार्य बनाउन सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो ।संविधान सभाका सदस्यद्धय नवराज शर्मा र गोविन्द्र पौडेल,गण्डकी प्रदेश सभाका सांसद विनोद केसी जिल्ला समन्वय समितीका प्रमुख देवेन्द्र केसी,बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ ,जिल्ला न्याधिश माधवेन्द्र राज रेग्मी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नगर पालिकाका सुचना अधिकारी युवराज थापाको संचालन र जिसस सदस्य शेरबहादुरको केसीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । बेनी नगरपालिकाको आयोजनामा भएको निवन्ध प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी एलिना नेपाली प्रथम, मंगला शिक्षा क्याम्पसकी प्रमिला पौडल दिप्तृय, माउण्ट एभरेष्ट विद्यालयका करिश्मा सुवेदी तृतिय र न्यु वेष्ट पोइन्टकी रेखा विक र पौलस्त्य माविकी सिमा किसान सान्तवना भएका थिए ।
प्रतियोगितामा विजेता , उपविजेता र सान्त्वना स्थान हासिल गरेका प्रतियोगिलाई पुरस्कृत गरिएको थियो । दिवसको अवसरमा जिल्लाको सदरमुकाम बेनीमा सांसद, राजनितिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीहरुको सहभागितामा ¥याली मार्फत बजार परिक्रमा गरिएको थियो ।
म्याग्दी । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का भएकाे छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमामाडाैं जिल्ला…
बेनी । म्याग्दीमा क्रियाशिल पाँच जना पत्रकार पुरस्कृत हुनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीले प्रदान गर्ने विकास पत्रकारीता पुरस्कारबाट सोमबार हरिकृष्ण गौतम,कमल खत्री ,घनश्याम खड्का ,धुर्वसागर शर्मा र ठाकुर प्रसाद आचार्य…
म्याग्दी । अध्ययन र रोजगारीका लागि जापान गएका म्याग्देली विद्यार्थीहरुलाई जापानमा स्थापित म्याग्दी प्रवासी नेपाली संघ मोना जापान क्षेत्रीय समिती नागोयाले आइतबार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेको छ । ‘प्रवासी…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…