आमाको स्मृतीमा रोका परिवारद्धारा सञ्चालित निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए
मंगलबार, असोज १४ गते
। म्याग्दी न्युज संवाददाता
बेनी ,मंगलबार असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउँपालिका –६ दरबाङमा दुई दिने निशुल्क दन्त शिविरिमा ६ सय ९ जना विरामीले सेवा लिएका हुन् ।
रोकाको परिवारको आयोजना र मालिका गाउँपालिकाको व्यवस्थापनमा शनिबार देखी सुरु भएको शिविर दुई दिन सम्म संचालन भएको थियो । आर्थिक अभावका कारण अस्पताल जान नसकेका दुर्गम भेगका गरिब विपन्न परिवारका विरामीलाई लक्ष्यित शिविरको आयोजकले जनाएको छ । शिविरमा शिविरमा ६ सय ९ जना दन्त रोगिले सेवा लिएका छन् ।
पश्चिम म्याग्दीका मंगला ,मालिका ,धवलागिरी,बेनी नगरपालिका र छिमेकी जिल्ला बागलुङका दन्त रोगीले पनि सेवा लिएका छन् । दुर्गम धवलागिरी गाउँपालिका–६ मराङकी ७९ बर्षिया नरदेबी केसीको दाँतको उपचार गरी शिविरको उद्घाटन गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले विदेशमा बगाएको पसिनाको कमाइ स्वास्थ्य क्षेत्रमा सहयोग गरेर सरकारको दायीत्व व्यक्तीले बहन गरेको बताउनुभयो ।
आर्थिक अभावका कारण अस्पतालको पहुँच भन्दा बाहिर रहेका दुर्गम गाउँका गरिब विपन्न परिवारका बिरामीलाइ ठुलो सहयोग पुगेको बताउनुभयो ।
शिविर आयोजक मोना अष्ट्रेलियाका अध्यक्ष समेत रहनुभएका समाजसेवी रोका मगरले आफ्नो आमाको सम्झनामा अस्पताल जान नसकेका दुर्गम गाउँको गरिब विपन्न परिवारका बिरामी तथा जेष्ठ नागरिकलाई लक्ष्यित गरी शिविरको आयोजना गरिएको बताउनुभयो । ‘लामोे समयदेखी दाँतको रोगबाट ग्रसित आमाको २०५२ सालमा उपचार अभावमा मृत्यु भयो । आमाको उपचार गर्ने मेरो सपना अधुरै रह्यो’ उहाँले भन्नुभयो । ‘त्यही सपनालाई साकार पार्न आर्थिक अभावका कारण अस्पताल जान नसकेका बृद्धबृद्धा तथा गरिब विपन्न परिवारका विरामीलाई लक्ष्यित शिविरको आयोजना गरेको हुँ ’ ।
शिविरलाइ उहाँका छोरा समित र छोरी सृष्टीले पनि चाडपर्व र जन्मदिनमा पाएको उपहारबाट बचत भएको पैसा शिविरलाई दान गरी सहयोग गरेका छन् । शिविरमा रोकाकी श्रीमती तिकाले पनि साथ दिनुभएको छ । विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका रोकाले आगामी दिनमा पनि सामाजिक सेवामा सक्रिय हुने बताउनुभयो । साथै उहाँले सोही अवसरमा दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । केही समय अघि देखी दाँतको रोगबाट ग्रसित मालिका गाउँपालिका ६ दरबाङकी सिता गुरुङले सेवा लिएपछि खुशि हुँदै आयोजक परिवारलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले स्वास्थ्य क्षेत्रमा रोका परिवारले पु¥याएको योगदान समाजका लागि उदाहरणिय भएको बताउनुभयो । शिविरमा दन्त चिकित्सक डाक्टर राजेन्द्र राना मगरको नेतृत्वको टोलिले सेवा दिएको थियो । शिविरमा दाँतको परिक्षण,कुहिएको,किराले खाएको दाँत झिक्ने र भर्ने, निशुल्क औषधी वितरण संगै दाँत सम्बन्धी परामर्श लगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक…
बेनी ।म्याग्दीको धवलागिरी गाउँपालिकाले आईतबार सार्वजनिक विदा नदिने भएको छ ।मुनामा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकलले गाउँपालिकाकाको कार्यालय, वडा कार्यालय र विद्यालय शनिबार बाहेक आईतबार देखि शुक्रबारसम्म…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…
दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उहाँले भने अझै राजीनामा भने दिइनसकेको बताउनुभएको छ । अरूको घरभित्र प्रवेश अर्की महिला र उहाँ नाबालिका छोरीलाई कुटपिट…