शुक्रवार, कार्तिक ८ गते
। म्याग्दी न्युज संवाददाता
बेनी ,शुक्रबार कात्तिक ८ गते । छाप युवा क्लब बेनी नगरपालिका–६, छाप म्याग्दीको आयोजनामा बुधबारदेखि चौथो छाप मेला–२०७६ अन्तर्गत विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्वको अवसर पारेर आउँदो शनिबारसम्म विविध कार्यक्रमहरु सञ्चालन गरिएको हो ।
विविध कला, संस्कृति र खेलकुदको स्थानीयस्तरमा प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजित मेलाको उद्घाटन गर्दै समाजसेवी किसान जिसीले सौहार्दपूर्ण वातावरणमा खेलकुदका गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् । बेनी नगरपालिका–६ नम्बर वडाका अध्यक्ष कृष्णबहादुर बानियाँले युवा क्लबले मेलाजन्य खेलकुदका गतिविधिका साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने खालका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै वडाबाट आवश्यक सबै सहयोगहरु उपलब्ध गराइने बताएका थिए ।
कार्यक्रममा मानबहादुर महत, लालबहादुर खत्री, विशाल खत्रीले मन्तव्य राखेका थिए । प्रतियोगिताको उद्घाटनसत्रको कार्यक्रम क्लब अध्यक्ष सुमन खत्रीको अध्यक्षता, उपाध्यक्ष सुमन जिसीको स्वागत र सचिव नवीन खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । भलिबलतर्फ कुल २० टिमले सहभागिता जनाएका छन् । छाप युवा क्लब र डाँडाखेत युवा क्लबबीच भएको उद्घाटनखेलमा छाप युवा क्लब विजयी भएको छ ।
मेलाको अवसरमा नगर तथा गाउँ, वडास्तरीय पुरुष भलिबल, पुरुष÷महिला लठो तान्ने, छेला हान्ने तथा अन्धनिशान प्रतियोगिता आयोजना गरिएको छाप युवा क्लबले जनाएको छ । भलिबलतर्फ प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद ५५ हजार पाँचसय ५५ रुपैयाँ र ३३ हजार तीनसय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ ।
यसैगरी लठो तान्ने प्रतियोगितामा प्रथमलाई नगद चारहजार, द्वितीयलाई दुईहजार पाँचसय रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने क्लबका उपाध्यक्ष सुमन जिसीले जानकारी दिएका छन् । मेलाको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय एवं स्थानीय कलाकारहरुबाट बेजोड साङ्गीतिक प्रस्तुतीका कार्यक्रम हुने उपाध्यक्ष जिसीले बताए ।
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
म्याग्दी । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…