सुरेन गुरुङ म्याग्दी,विहिबार कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँको पुरस्कार प्रदान गरेको हो ।
दक्षिण कोरीयाको “अम हङ्ग गिल फाउण्डेशन”ले काठमाडौमा भएको संस्थाको दशौ वार्षिकोत्सव कार्यक्रममा सर्वोदय माविलाई बुधबार एका कार्यक्रमका विच सो पुरस्कार प्रदान गरेको हो । १७ जिल्लाका सामुदायीक विद्यालयमा सघाउँदै आएको संस्थाले कार्यक्रम लागू भएका मध्य सबैभन्दा उत्कृष्ट भएकाले सर्वोदयलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको संस्थाले जनाएको छ ।
कार्यक्रममा विज्ञान, प्रबिधि तथा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी बहादुर पुन, प्रअ किसान पुन लगायत विद्यालयका प्रतिनिधिहरुलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म कम्प्युटर विषयको पठनपाठन हुन्छ ।
सो संस्थाको डेढ करोड रुपैयाँ सहयोगमा कक्षा १२ सम्म पठनपाठन हुने सर्बोदय माविको ९ कोठे भवन निर्माण भएको छ । संस्थाले गत वर्ष कम्प्युटर ल्याब स्थापनाका लागि १९ थान ल्यापटप सहयोग गरेको थियो भने कम्प्युटर ल्याबका साथै विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीहरुलाई पोशाक, झोला, कापी र कलम लगायत शैक्षिक तथा खेलकुदका सामग्री पनि सहयोग गरेको छ । विद्यालयमा करिब तीन सय जना विद्यार्थी अध्ययनरत छन् । संस्थाले नेपालका १७ जिल्लाका सामुदायिक विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब स्थापना र शैक्षिक सामग्री वितरणमा सघाउँदै आएको छ ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…
जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…