शिक्षक नियुक्तीमा स्थानीय तहलाई रोक

काठमाडौं, विहिबार असोज ३० गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ । मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो । यस किसिमको ‘निर्देशन’ले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गरेको जनप्रतिनिधिले बताएका छन् ।

आयोगले पर्साको जगरनाथ गाउँपालिकाको कार्यालयले राहत शिक्षक र बालविकास केन्द्रमा सहयोगी नियुक्ति विरुद्धमा परेको उजुरीका सम्बन्धमा गरेको निर्णयलाई आधार मान्दै मन्त्रालयले सो निर्देशन दिएको थियो ।

आयोगले दिएको सुझावका आधारमा सो पत्राचार गरिएको मन्त्रालयका सचिव यादव कोइरालाले जानकारी दिए । कुनै पनि विद्यालयले आफूलाई आवश्यक शिक्षक रिक्त दरबन्दीमा तोकिएको प्रक्रिया पूरा गरी नियुक्त गर्न सक्ने शिक्षा नियमावली २०५९ नियम ९७ को प्रावधान रहेको आयोगले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा सुनील महर्जनले लेखेका छन् ।नागरिकखबर

सम्बन्धित समाचार

thumbnail

नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…

thumbnail

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…

thumbnail

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य भएको छ : मन्त्री आले

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…