सडक मर्मत गरिए सॅगै दशैमा घर आउने यात्रुलाई सहजता ।
शनिवार, असोज १८ गते
। म्याग्दी न्युज संवाददाता
थम्मन थापा बागलुङ शनिबार १८ गते । बडा दशैं नजिकिदै गर्दा गलकोट नगरपालिका ७ मल्ममा सडक मर्मत कार्य सम्पन्न भएको छ । मल्म पाण्डवखानीको सिमाना दाग्दी खोला देखि झिर्का, टोकरी, खाली, भल्साङ, काउलेखोला, कोल, फलाटे, मल्मडॉडा, ज्यामिरे खोला लगायतका स्थानमा पानी जमेर खाल्डाखुल्डी परेका स्थानहरु र हिलाम्य स्थानमा गेग्रेटाहरुद्वारा भरेर सडक मर्मत गरिएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।
गलकोट नगरपालिकाको दशै तिहार सडक मर्मत बजेट अन्तरगत सडक मर्मत गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो । चाडबाड नजिकिए सॅगै देश विदेशबाट घरमा आउने यात्रुहरुको सुविधालाई मध्यनजर गरि सडक मर्मत गरिएको हो । स्काभेटर, २ वटा ट्याक्टर र सहयोगी युवाहरुको सहभागितामा सडक मर्मत गरिएको निर्माणका अभियान्ता युवा समाजसेवी रुद्र केसीले जानकारी दिनुभयो ।
सडक मर्मत असोज १४ गतेदेखि सुरु गरिएको थियो । यसपाली वडाको दुर्गम बस्तीका जनतालाई लक्षित गरि सडक मर्मत गरिएको वडा कार्यालयले जनाएको छ । सडक मर्मत गरे सॅगै सवारी आवागमनमा सहजता भएको छ । यस भन्दा अघि भदौमा निरन्तरको वर्षाले सडकमा खाल्डाखुल्डी परेपछि ठाडोओडार बिसारेडॉडा र ओदाहमा सडक मर्मत गरिएको थियो ।
मल्म पाण्डवखानी सडकमा पछिल्लो समय सवारीको चाप समेत निकै वृद्वि भएको छ । यो सडक भएर बडिगाड गाउपालिकाको रणसिंहकिटेनी र ढोरपाटन नगरपालिकाको खुंगा सम्मका यात्रुहरु ओहोर दोहोर गर्ने गर्दछन ।
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…