सामाजिक चिन्तन र अग्रसरताले मात्रै समृद्व समाज निर्माण हुन्छ : अध्यक्ष थापा

थम्मन थापा
बागलुङ ,शुक्रबार कात्तिक ८ गते ।

अन्तराष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापाले समाज बनाउने जिम्मा हाम्रो आफनै दायित्व भएको बताउनु भएको छ । जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको ५ औं वार्षिकोत्सव तथा ७ औं तिहारे मेलाको समुदघाटन गर्दै यस्तो बताउनु भएको हो ।समाजमा विकृति विसङगति न्यूनिकरण गर्दै समृद्व समाज निर्माण गर्न सामाजिक संस्था रसम्पुर्ण युवाहरु एकजुट हुनुपर्ने संयोजक थापाको बताउनु भयो ।

जन्मभुमी प्रतिको श्रद्वा र सम्मान गर्दै सामाजिक चिन्तन र अग्रसरता राख्न सके मात्रै सभ्य र समृद समाज निर्माण हुने थापाको भनाई छ । नेपालीको गर्व उज्यालो पर्व दरम घुम्टे हामी सबैको शान खेल कला संस्कृति हाम्रो स्थानिय पहिचान भन्ने मुल नाराका साथ आज देखि शुभारम्भ भएको मेलामा नगद रु २५ हजार राशी पुरस्कार रहेको साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता, वडा स्तरिय पुरुष रस्साकसी प्रतियोगिता, खुल्ला भाईमाला उन्ने प्रतियोगिता सञ्चालन गरिने बताईएको छ । आज उदघाटन समारोहमा भएको पुरुष भलिबल प्रतियोगिकामा आयोजक टिम सी लाई पराजित गर्दै आयोजक टिम बि दोस्रो चरणमा प्रवेश गरेको छ ।

मेलामा स्थानिय कला संस्कृति झल्कने देउसी भैलो, सोरठी, नौमति बाजा समेत प्रस्तुत गरिने संस्थाका अध्यक्ष ज्ञान बहादुर थापाले बताउनु भयो । मेलाको अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, बसन्त थापा, दुर्गेश थापा, ईश्वर सिंह, कर्ण परियार, राम खत्री लगायतको बेजोड सांगितिक प्रस्तुति रहने बताईएको छ।

त्यस्तै पछिल्लो समय गाउॅ घरमा लोप हुॅदै गईरहेको परम्परागत लिङ्गे पिङ, चर्खे (चमाचा) पिङ मेलाको आकर्षणको रुपमा राखिएको छ । कात्तिक ९ गते सम्म सञ्चालन हुने मेलामा प्रायोजक, चन्दादाता, कलाकार लगायतलाई सम्मान समेत गरिने संस्थाले जनाएको छ । कार्यक्रम जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जीवी मरासिनीको स्वागत मन्तव्य र सचिव कोपिला खडका र सहसचिव राज कुमार दर्जीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

thumbnail

अनेरास्ववियु म्याग्दीको जिल्ला अधिवेशन भदौमा

म्याग्दी । नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीको २० औं जिल्ला सम्मेलन आगामी भदौ १७ र १८ गते हुने भएको छ । अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीका संयोजक दर्पण रोका मगरको अध्यक्षतामा…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…