हिउँको ढिस्कोले पुरिएर कास्कीका खनालको मृत्यु

पोखरा, बुधबार कार्तिक ६ गते ।
कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्याम्प घुम्न गएको थियो । बाँकी २ जना घाईते छन् । घाईते भएका पस्र्याङका सन्तोष बास्तोला र फूलबारीका निर्जन कोइरालाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीय छोम्रोङ पर्यटन ब्यवसायी समितिका अध्यक्ष बुद्धी गुरुङ जानकारी दिए । ‘हिउँदमा सँधै हिउँ थुप्रिने ठाउँ हो । त्यही हिउँ पग्लिएर सुरुङ बनेछ । सुरुङभित्र फोटो खिच्न लाग्दा माथिल्लो ढिस्को पनि झरेको देखियो,’ उनले भने, ‘१ जनाको मृत्यु भयो । अरुलाई उद्दार गरेर पोखरा पठाईएको छ ।’

घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो । मौसमको खरावीका कारण शव ल्याउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय पुगेका थिए । DNA Napal

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…