बिहिवार, कार्तिक २८ गते
। म्याग्दी न्युज संवाददाता
सुरेन गुरुङ पोखरेबगर ,विहिबार कात्तिक २८ गते । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिकामा माटो परिक्षण गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको पहलमा गाउँपालिका भित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्ती बारे जानकारी लिएर सोही अनुशारको बालीनालीको खेतीका लागि माटोको परीक्षण गरिएको हो। आठ वटै वडाकाविभिन्न स्थानको माटोमा भएका खाद्य तत्वको मात्राका बारेमा जानकारी लिएर सोही अनुशारको कृषि व्यवसाय सञ्चालनका लागि माटो परिक्षण सुरु गरिएको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो ।
अविरल फाउन्डेसन युएसए विदेश नागरीक लेस्ली सहिद एग्रि कल्चरको प्राविधिक टोलिको सहयोगमा गाउँपालिकाभित्रका सबै वडाभित्र माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिसका लागि किट बक्स विधि प्रयोग गरेर माटो परीक्षण सुरु गरिएको हो।
तीन दिन लगाएर माटोमा भएको नाईट्रोजन, फस्फोरस, पोटास, प्रांगारिक पदार्थको मापनको काम सम्पन्न भएको छ ।
कृषि क्षेत्रलाई व्यवस्थित गर्नका लागि माटो परिक्षणको काम गरिएको गाउँपालिकाले जनाएको छ।‘जुनसकै ठाउँमा कृषि व्यवसाय थाल्नु अगाडि त्यस ठाउँको माटोमा बिरुवाका लागि आवश्यक पोषकतत्वको मात्रा थाहा पाउन जरुरी रहेछ,’ अध्यक्ष क्याप्टेन गर्बुजा पुनले भन्नुभयो ।, ‘कहाँको माटोको खाद्यतत्व कति छ, कुन किसिमिका बालीनाली लगाउन उपयुक्त हुन्छ भन्ने थाहा पाउनका लागि माटो परीक्षणको काम थालिएको हो।’ माटोमा भएका उर्बराशक्तीलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीको भनाई छ।
माटो परिक्षणमा एग्री कल्चरका निशन देबकोटा, प्रसन्न केसी ,निशा घिमिरे लगायतको प्राविधिक टोलिले सघाएका थिए । साथै माटो परिक्षणका लागि प्रत्येक वडाका करिब नौं जनाको समुहलाई तालिम दिइएको छ । साथै प्रत्येक वडामा दुई थानका दरले २ लाख ५० हजार रुपैयाँ बराबरको माटो परिक्षण गर्ने किट बक्स उपकरण वितरण गरिएको फाउण्डेसनले जनाएको छ ।
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले…
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक…
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एकमालेका उम्मेद्वार निर्विरोध भएका छन् । मनोनयन दर्ता क्रममा ६ जनाको एकल उम्मेद्वारी परेपछी निर्विरोध भएका हुन् । दलित वा अल्पसंख्यक तर्फ बिरबहादुर पौडेल…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…
काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…
सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…