अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १९ पुग्यो ,११ जनाको सनाखत

बुटवल, विहिबार मंसिर १२ गते । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलका अनुसार सदरमुकामवाट गोरीसिगे आउँदै गरेको बसमा १९ जनाको मृत्यु १७ जना घाइते भएका छन् । दुर्घटनामा ७ जना गम्भीर घाइते छन् । उनीहरुको भैरहवा उपचार भइरहेको छ ।

गम्भीर घाइतेलाई विहान चिकित्सकले हेरर थप उपचारको लागि काठमाडौँ लैजाने कि यही उपचार गर्ने निणर्य हुने प्रजिअ पौडेलले बताए । लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

हालसम्म सनाखत भएकाहरुको नामावली यस प्रकार छन् ।

१) वसन्त भन्ने ओम बहादुर थापा, वर्ष ३१, चालक रुपन्देही बासगढी

२) माया पुरी, १८ वर्ष, खाचिकोट काउले

३) मेनुका खड्का, ८ वर्ष, खाचिकोट काउले

४) बलराम भट्टराई, खाचिकोट डिहिडाँडा

५) सीता बस्नेत, २७ वर्ष, शितगंगा–२ घर भइ हाल चप्परगाउँ कपिलवस्तु

६) राज कुमार महत, २८ वर्ष, पिपलडाडा वेम्जिङ, गुल्मी

७) सन्त बहादुर बस्नेत, ३६ वर्ष, छत्रदेव गा।पा। ७, (उपचारको क्रममा चौराह अस्पताल बुटवलमा)

८) शैलैस थापा, भूमिकास्थान नगरपालीका–९, अर्घाखाँची

९)शिवलाल भट्टराई, सन्धीखर्क–७, खाचिकोट

१०) छविलाल गइरे, सनापा–१०

११) एक जना ६ महिनाका बालक

भैरहवामा उपचार हुँदै गरेका घाइतेहरु :

१) कृष्ण बिक, वर्ष ४०, अर्घाखाँची

२) बोम बहादुर, वर्ष ३५ अर्घाखाँची

३) बिष्णु विक, वर्ष ३५, अर्घाखाँची

४) सरस्वता भट्टराई, वर्ष २३, अर्घाखाँची

५) जीवन विक वर्ष २५, अर्घाखाँची

बुटवलमा उपचार हुँदै गरेका घाइतेहरु

१) अंकिता थापा वर्ष १५, सन्धीखर्र्क–६ अर्घाखाँची

२) सरस्वता भट्टराई वर्ष २३, सन्धीखर्र्क ४ अर्घाखाँची

३) बिष्णु अधिकारी, अर्घाखाँची

४) लोकनाथ पाण्डे, अर्घाखाँची

५) सपना कुवँर, अर्घाखाँची

६)नन्द बहादुर बिक, अर्घाखाँची । राटोपाती

सम्बन्धित समाचार

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…