कालिगण्डकीमा मोटरसाइकल खस्दा एक विदेशी पर्यटकको मृत्यु

जोमसोम , आइतबार मंसिर १ गते । पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी( जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

एचपि ५८ ए ३८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको मुस्ताङका प्रहरी प्रवक्ता आशिष अधिकारीले जानकारी दिए । उनका अनुसार पार्सपोर्ट नम्बर ५२५९५८६४ उल्लेख भएको, ६० वर्षीय स्कटल्याण्डका पर्यटक फानीको शनिबार साँझ एयर डाइनेष्टिक हेलीबाट मणिपाल शिक्षण अस्पतालमा ल्याइएको थियो।उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो।

फानीको अनुहार र हातमा गम्भीर चोटपटक लागेको थियो। दुर्घटनाको खबर सुन्ने वित्तिकै प्रहरी चौकी घाँसाको सुरक्षा टोली घटनास्थलमा पुगेर उद्दारकार्यमा खटिएको प्रहरीले जनाएको छ। दुर्घटना भएको स्थान मुस्ताङ सदरमुकाम जोमसोमदेखि ३५ किलोमिटर दक्षिणमा पर्छ।

दुर्घटनामा परी ज्यान गुमाएका स्कल्याण्डका पर्यटक फानीसहित उनका ८ जना साथीहरु मोटरसाइकलमा मुस्ताङ आउँदै गरेका थिए। उनीहरुको टोलीमा चिकित्सक समेत रहेको जनाइएको छ । दुर्घटनामा परी घाइते फानीलाई उद्दार गरी प्राथमिक उपचार समेत गरिएको थियो । फानीसहितको टोली काठमाडौंको सोसियल ट्राभलको सहयोगमा मुस्ताङ भ्रमणमा आएको प्रहरी श्रोतले जनाएको छ। अन्नपुर्ण पोष्ट्

सम्बन्धित समाचार

thumbnail

च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…