कास्कीमा चुनावलाई प्रभाव पार्न कम्बल बाँडेको आरोप लगाउँदै कांग्रेसद्धारा आयोगमा उजुरी
मंगलबार, मंसिर ३ गते
। म्याग्दी न्युज संवाददाता
पोखरा,मंगलबार मंसिर ३ गते । नेपाली कांग्रेस कास्कीले कास्की उपनिर्वाचनलाई प्रभाव पार्नेगरि वडा नम्बर १५ का वडाध्यक्षले त्यहाँको पट्नेरीको बस्तीमा कम्बल बितरण गरेको आरोप लगाएको छ । कास्की कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरी पट्नेरीका १२ जनालाई वडाध्यक्ष प्रकाश पौडेलले कम्बल बितरण गर्दै आचार संहिता मिचेको दाबी गरेको हो ।
वडाध्यक्ष पौडेलले पनि सो ठाउँमा कम्बल बितरण भएको स्वीकार गरेका छन् । थ्रि एन्जल्स नामक गैरसरकारी संस्थाले कम्बल बितरण गर्ने कार्यक्रममा आफू सहभागि भएको उनले स्वीकारे । पौडेल तत्कालीन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
निर्वाचन आचारसंहिता विपरित वडा कार्यालयले कम्बल बितरण गरेको भन्दै कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । पार्टी सभापति कृष्ण केसीका अनुसार निर्वाचन क्षेत्र भित्र मतदातालाई प्रलोभनमा पार्ने काम वडा कार्यालयबाटै भएको भन्दै वडाध्यक्षलगायत त्यस कार्यमा संलग्नलाई कार्बाहीको माग गर्दै उजुरी दिइएको हो ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले यही विषयमा जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ ९ख० विरुद्ध हुने जिकिर गरिएको छ । पार्टी सभापति कृष्ण केसीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौं ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हतास मनस्थितिबाट गरिएको यस प्रकारको निन्दनीय कार्यशैलीलाई निर्वाचन कार्यालयले अनुगमन गरी आचारसंहिता विपरीत कार्य गर्नेमाथि कार्बाही गर्न जोडदार माग गर्दछौं ।’
निर्वाचन आयोग कास्कीले पनि आचारसंहित उल्लंघनको उजुरी परेको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीका अनुुसार घटनाको मुख्यनिर्वाचन अधिकृतले छानबिन गर्ने र आचरसंहिता उल्लंघन भए कारबाही हुने जानकारी दिए । पोखरा महानगरपालिकाको वडा नम्बर १५ कास्की क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्रभित्र पर्छ । नेपाल खवर डट कममा खवर छ ।DNA
धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले अगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगरसभाको बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी वर्षका…
काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताउनुभएको छ । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराउनुभएको हो । ‘पार्टीले…
काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गर्नुभएको छ।पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नेपाल पर्वतारोहण संघले आर्शिवाद दिएको प्रसंग उल्लेख गर्दै फेरि…
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…