गलकोटमा निशुल्क आँखा शिविर २ सय ४४ जना लाभान्वित

थम्मन थापा
बागलुङ,बुधबार कात्तिक २० गते ।

गलकोट नगरपालिका ७ मल्ममा १ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजना, वडा नं ७ को समन्वय तथा गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्यमा आँखा शिविर सम्पन्न भएको हो । मल्म सप्ताहघाटमा सञ्चालन भएको शिविरमा २ सय ४४ जनाले निशुल्क आँखा चेक जाँच गराएका छन ।

शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिनुभयो । शिविरमा मोतिया विन्दुलाई आवश्यक परामर्श गरि शल्यकृया गर्न विरामीलाई सुझाव दिईएको विशेषज्ञ खत्रीले बताउनु भयो ।

त्यस्तै दृष्टि दोष भएकाहरुलाई आँखा जाँच गरी चश्मा वितरण गरिएको छ भनें अन्य सामान्य समस्या भएकाहरुलाई आवश्यक औषधी निशुल्क प्रदान गरिएको थियो । ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि निशुल्क आँखा शिविर सञ्चालन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो । शिवर सञ्चालनको लागि गलकोट नगरपालिका ७ मल्म आँगाखेत हाल जापानमा कार्यरत दिदी भाई सुवास खत्री र शोभा खत्रीले प्रायोजन स्वरुप नगद रु २० हजार सहयोग प्रदान गर्नु भएको थियो ।

शिविर गलकोट नगरपालिका वडा नं ७ को समन्वय र गलकोट अप्टिकल आँखा उपचार केन्द्र हटियाको सहकार्य रहेको थियो । सामाजिक संस्थाले स्थानिय स्तरमा निशुल्क शिविर सञ्चालन गरिनुले आम नागरिकको आँखा जस्तो संवेदनसिल अंगको लागि परोपकारी काम भएको वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । घर आँगनीमा निशुल्क आँखा शिविर सञ्चालनले आफुहरुलाई राहत मिलेको भन्दै स्थानियले खुसी व्यक्त गरेका छन । निशुल्क स्वास्थ्य शिविरमा मल्म स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले आवश्यक सहयोग गरेका थिए । शिविरमा दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्री, अप्टिसियन उदय खडका र व्यवस्थापनमा सहयोग पुराउनु भएका सन्त बहादुर खत्रीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

thumbnail

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध युवा संघ र अनेरास्ववियुको विरोध

म्याग्दी ।पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरुद्धमा म्याग्दीमा आज एमालेनिकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले विरोध गरेका छन् । सरकारले खाना पकाउने एलपी ग्यास तथा पेट्रोल, डिजेल र मट्टीतेलमा गरेको मूल्यवृद्धिको विरोधस्वरुप…

thumbnail

बेनीमा बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु

म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलवार)देखि शीघ्र कुपोषणको व्यवस्थापन कार्यक्रमअन्तर्गत बहिरङ्ग उपचार केन्द्रको प्रगति समीक्षा गोष्ठी सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजना र युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको…

thumbnail

बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल…