
किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
बेनी ,बुधबार मंसिर ४ गते ।
जिल्लाको बेनी नगरपालिका –८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका विद्यार्थीहरुले गरिब तथा विपन्न परिवारका बालबालिकालाई विद्यालय पोषाक सहित शैक्षिक सामाग्री सहयोग गरेका छन् ।विद्यालयमा रहेको जुनियर रेडक्रस सर्कल र शुभदर्शन बालक्लबको नेतृत्वमा संकलित तीन हजार रुपैयाँ बराबरको विद्यालय पोषाक सहित शैक्षिक सामाग्री बेनपा –७ मंगलाघाट बस्दै आउनुभएका गरिब तथा विपन्न लक्ष्मी बिकका तीन जना छोराछोरीलाई सहयोग गरेका हुन् ।
जिल्लाको धवलागिरी गाउँपालिका –१ गुर्जा घर भई हाल बेनीमा बसोबास गर्दै आउनुभएकी लक्ष्मी बिकका छोरीहरु सुस्मिता ,अस्मिता र छोरा शुसिल बिकलाई एक कार्यक्रमका विच जुरेस र बालक्लबले संयुक्त रुपमा हस्तान्तरण गरेको हो । विद्यालय पोषाक र शैक्षिक सामग्री विद्यालयका प्रअ सुरेन्द्र प्रसाद केसी ,शिक्षिक, जु्रेस अध्यक्ष सुस्मिता परियार र शुभदर्शन बालक्लबकी अध्यक्ष दिपिका बिकले सुस्मिता,अस्मिता, शुसिल बिक र अभिभावक लक्ष्मीलाई हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयमा भर्ना भएका विपन्न विक परिवारलाई नियमित विद्यालय आउने वातारण सृजना गर्नका लागि पोषाक सहित आवश्यक शैक्षिक सामाग्री सहयोग गरिएको बालक्लब अध्यक्ष दिपिकाले बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबाट संकलित रकमबाट सो सामाग्री सहयोग गरिएको जुरेस अध्यक्ष परियारले बताउनुभयो ।
विद्यालयका प्रअ केसीले विद्यालय पोषाक सहित आवश्यक शैक्षिक सामाग्री सहयोग संगै आर्थिक रुपमा विपन्न तथा गरिब परिवारका विद्यार्थीलाई अध्ययनमा सहज हुने बताउनुभयो । सहयोग प्रति लक्ष्मी विकले विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । बेनी नगरपालिका –७ मंगलाघाटमा डेरामा बस्दै आउनुभएका लक्ष्मी र उहाँका श्रीमान मजदुरी गर्दै आउनुभएको छ । क्लबकी अध्यक्ष विकको संचालन र जुरेस अध्यक्ष परियारको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…
निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…