काठमाडौँ,मंगलबार मंसिर ३ गते । कांग्रेसको भ्रातृ संस्था तरुण दल नेतृत्वविहीन बनेको छ । ०७३ मंसिर २ मा भागबन्डाका आधारमा घोषणा गरिएको कार्यसमिति विस्तार नै नभई कार्यकाल सकिएको छ । महाधिवेशनमार्फत नयाँ कार्यसमितिसमेत चयन भएको छैन ।
तीन वर्षअघि पोखरामा आयोजित महाधिवेशनमा निर्वाचन रोक्न लगाएर पार्टी नेतृत्वले भागबन्डाका आधारमा चार सदस्यीय कार्यसमिति घोषणा गरेको थियो । जितजंग बस्नेतको नेतृत्वमा बनाइएको समितिमा उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भूपेन्द्रजंग शाही र कोषाध्यक्ष विद्वान गुरुङ थिए । बस्नेत र गुरुङ पार्टी सभापति शेरबहादुर देउवानिकट, शाही वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट र चापागार्इं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट हुन् । पार्टी नेताहरूबीचको झगडाका कारण कार्यसमिति विस्तार हुन सकेको थिएन । विधानअनुसार दलको कार्यसमिति ९९ सदस्यीय बन्नुपर्थ्यो । ‘हामीले तरुण दल विस्तार गरिदिनका लागि धेरैपटक नेताहरूलाई गुहार्यौं तर कहिल्यै सहमति जुटेन, न त हामीलाई गठन गर्न अधिकार दिइयो,’ दलका एक पदाधिकारीले भने, ‘कार्यसमिति विस्तार नहुँदा महाधिवेशनसमेत गर्न सकिएन ।’
पछिल्लोपटक अध्यक्ष बस्नेत र महासचिव शाहीबीच द्वन्द्वसमेत चर्किएको थियो । पार्टी हितविपरीत काम गरेको भन्दै बस्नेतले शाहीलाई र शाहीले बस्नेतलाई निष्कासन गरेको घोषणा गरेका थिए । अध्यक्ष बस्नेतले ६ महिनाको म्याद बढाउन सकिने भन्दै ५ महिनाभित्र दलको महाधिवेशन गर्ने बताए । कान्तिपुर
बेनी।‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित आज (मङ्गलवार) म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको आयोजनामा स्वर्गीय जननेता मदनकुमार भण्डारीको…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले तत्कालीन विद्रोही माओवादीसँग वार्ताको प्रस्ताव गर्दा त्यतिबेला नेता बाबुराम भट्टराईले आलोचना गरेको स्मरण गर्नुभएको छ । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै…
कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…