बेनी ,सोमबार मंसिर ९ गते । दिवङ्गत पितृलाई मोक्ष प्राप्तीको कामना गर्दै सोमबार गलेश्वर मन्दिरमा शतबीज छर्ने भक्तजनको भिड लागेको छ । बालाचर्तुदशी पर्वको अवसरमा सोमबार म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वरमा शतबीज छरेका हुन् । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । यसै विश्वासको आधारमा कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो लगायत सात थरिका बीउ छर्ने गरिन्छ ।
गलेश्वरमा सतबिज छर्नका लागि यसपाली अहिलेसम्मकै धेरै भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभएको छ । प्रचारप्रसारका साथै सोमबारका दिन बालाचतुदर्शी पर्व परेकाले भक्तजनको भिड लागेको अध्यक्ष केसीको भनाइ छ । सोमबार हिन्दुधर्मवालम्बिका भगवान शिवको प्रिय दिन मानिन्छ । ‘गलेश्वरमा शतबीज छर्नका लागि अहिलेसम्मकै धेरै भक्तजन आएका छन्,’अध्यक्ष केसीले भन्नुभयो । ‘शतबीज छर्न आउनेमा जिल्ला भन्दा बाहीरी जिल्लाबाट आएका भक्तजनको संख्या धेरै छ ।’ पर्वत, बागलुङ, मुस्ताङ, कास्की, चितवन, स्याङ्जा, तनहुँ, रुपन्देही र राजधानी काठमाडौबाट समेत भक्तजनहरु आएका अध्यक्ष केसीले जानकारी दिनुभयो ।
गलेश्वरमा द्वापरयुगमा सतिदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । पितृ उद्धारका साथै मनोकामना पुरा हुने विश्वासले भक्तजन गलेश्वर आएका कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको छ । पुजा व्यवस्थापन र सुरक्षाका लागि जनपथ र शसस्त्र प्रहरीका साथै स्वमसेवकहरु परिचालन गरिएको छ । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेला समेत लाग्ने गर्छ ।
बेनी । स्वर्गीय बुबाको वार्षिक पुण्य तिथिको अवसरमा पारेर म्याग्दीका एक पत्रकारले विपन्न बालबालिकालाई शैक्षिक पोशाक वितरण गर्नुभएको छ। पत्रकार हरिकृष्ण गौतमले स्वर्गीय पिता बालकृष्ण गौतमले अक्षर चिनेको बेनी नगरपालिका–५ पुलाडाँडास्थति चेतना…
सभामा छलफलपछि संशोधनसहित बजेट आजै पारित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज (शुक्रवार) आफ्नो बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ,…
बेनी । बेनी नगरपालिका–७, मा शनिबार आगामी आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन हुने योजना प्राथमिकीकरण र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका, प्रदेश र संघीय सरकारमा माग गर्ने योजना छनौटका लागि आयोजित…
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…
काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…